आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः दोस्रो जितको लक्ष्यमा इङ्ल्यान्ड र श्रीलंका

काठमाडौं । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा बिहीबार एक अर्काको सामना गर्दा साबिक विजेता इङ्ल्यान्ड र श्रीलंका दोस्रो जितको लक्ष्यमा हुनेछन् ।

खेल बेङ्लोरस्थित एम चिन्नास्वामी क्रिकेट रंगशालामा नेपाल समयअनुसार दिउँसो २ः १५ बजे सुरु हुनेछ ।

जोस बटलरको कप्तानमा रहेको इङ्ल्यान्डलाई मार्क उड, लियम लिभिङस्टोन, साम करण, बेन स्टोक्स, जो रुट जस्ता खेलाडीको साथ रहेनछ ।

इङ्ल्यान्डलाई रिस टोप्लीको साथ भने रहने छैन । चोटका कारण उनले विश्वकपका बाँकी खेल गुमाउने भएका छन् ।

इङ्ल्यान्डले यसअघि न्युजिल्यान्डसँग नौ विकेट, अफगानिस्तानसँग ६९ र दक्षिण अफ्रिकासँग २ सय २९ रनको पराजय व्यहोर्दा बंगलादेशलाई १ सय ६७ रनले हराएको थियो ।

कुशल मेन्डिसको कप्तानीमा रहेको श्रीलंका सदिरा समराविमक्रमा, चरिथा अस्लंका, धनन्जय डि सिल्भा, कासुन रजिथा, दिलसन मदुशन्का लगायतका खेलाडीको साथ मैदान उत्रिनेछ ।

श्रीलंकालाई मथिशा पाथिरानाको साथ भने रहने छैन । उनले चोटका कारण विश्वकपका बाँकी खेल गुमाउने भएका हुन् ।

यसअघि दक्षिण अफ्रिकासँग १ सय २ रन, पाकिस्तानसँग ६ र अस्ट्रेलियासँग पाँच विकेको हार व्यहोरेको श्रीलंकाले नेदरल्यान्ड्सलाई पाँच विकेटले स्तब्ध बनाएको थियो ।