द हन्ड्रेड

चोटका कारण ‘द हन्ड्रेड’ बाट बाहिरिए राशिद

काठमाडौं । अफगानिस्तानका लेग स्पिनर राशिद खान चोटका कारण ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताबाट बाहिरिएका छन् ।

वर्षीय राशिदले अन्तर्राष्ट्रिय ‘ड्युटीअघि साबिक विजेता ट्रेन्ट रकेट्सका सुरुआती तीन खेल खेल्ने तय भएको थियो ।

विश्व नम्बर एक ट्वान्टी-२० बलर राशिदलाई पाकिस्तानका इमाद वासिमले प्रतिस्थापन गर्नेछन् । रकेट्सले मंगलबार दक्षिणी ब्रेभविरुद्ध खेल्दै आफ्नो उपाधि रक्षा सुरु गर्नेछ।

राशिदले मेजर लिग क्रिकेटको फाइनलमा आइतबार राति एमआइ न्यूयोर्कबाट सिएटल ओर्कासविरुद्ध खेलेका थिए । सोही खेलका क्रममा उनलाई चोट लागेको थियो ।

‘चोटका कारण ‘द हन्ड्रेड’बाट बाहिरिनु पर्दा म साँच्चै निराश छु । प्रतियोगिताको पछिल्ला दुई सिजन निकै राम्रो रह्यो,’ राशिदले भने,‘ट्रेन्ट रकेट्स एक उत्कृष्ट टोली हो र म अर्को वर्ष फेरि फर्कने आशा गर्छु ।’