आइसिसी लिग टु

पिएनजीले युएईलाई हरायो

काठमाडौं । पपुवा न्युगिनी(पिएनजी) ले आइसिसी विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा घरेलु टोली युएईमाथि एक सय ३१ रनको फराकिलो जित निकालेको छ । 

यस जितसँगै लिग टु मा ३० खेलबाट सात अंक जोडेको पिएनजी सातौ स्थानमा रहँदा पराजय ब्यहोरेको युएई २९ खेलमा २९ अंक जोडेर पाँचौं स्थानमा छ ।

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पिएनजीले प्रस्तुत गरेको दुई सय ६३ रनको लक्ष्य पछ्याएको युएई ३४.द्द ओभरमा  एक  सय ३१ रनमै समेटियो ।

यूएईका लागि ओपनर महम्मद वासिमले २४, वृत्य अरविन्द र जाहुर खानले समान २३, आसिफ खानले २० तथा अलिसन सरफुले १४ रन बनाए ।

पिएनजीका लागि चाड सोपारले पाँच तथा राइली हेकुरे असाद भाला,नोर्मन भानुआ र सिमो कमियले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६२ रनको योगफल तयार पारेको थियो ।

पिएनजीका लागि सेसे बाउले ७६ बलमा पाँच चौका एक छक्काको मद्दतमा सर्वाधिक ७६ रनको योगदान गरे । यसैगरी टोनी उराले ४३ बलमा आठ चौका र एक छक्काकोमद्दतमा ५१, किप्लिंग डोरिगाले ४२, गउडी टोकाले २८, कप्तान असाद भालाले २३  र चाड सोपरले १४ रन जोडे ।

युएईका लागि कार्तिक मैयाप्पनले चार, आर्यन लक्राले तीन, जाहुर खानले दुई र रोहन मुस्ताफाले एक विकेट लिए ।

२९ खेलमा २८ अंक जोडेको नेपाल लिग टुको  छैटौँ स्थानमा छ ।

लिग टुका सबै ३६ खेल खेलिसकेका स्कटल्यान्ड ५० र ओमान ४४ अंकसहित पहिलो तथा दोस्रो स्थानमा छन् । स्कटल्यान्ड र ओमानले जिम्बाब्वेमा विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ ।

सबै खेल खेल्दा स्कटल्यान्ड ३९ अंकका साथ तेस्रो स्थानमा रहँदा अमेरिका ३५ अंकका साथ चौथो स्थानमा छ । बाँकी एक स्थानका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् ।