चैत्र १६, २०८२ सोमबार | २०:२६:२८
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित

आयोग र विनोदको विजयी सुरुआत

सातदोबाटो । जेनेक्सका आयोग घिसिङ अछामका विनोद नागार्जेले राष्ट्रव्यापी जुनियर तथा विधालयस्तरीय छात्र/ छात्रा बक्सिङ प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।  

नेपाल बक्सिङ संघको आयोजनामा  शुक्रबारबाट सुरु प्रतियोगिताको जुनियर ५२ किलो तौल समुहमा आयोगले भाइबका सफल श्रेष्ठलाई ३ः२ को स्पलिट डिसिजनको आधारमा पराजित गरे ।

यसैगरि ५७ किलो तौल समुहमा विनोदले आरएससीको आधारमा आर्यन फिटनेशका सोनम लामालाई दोस्रो राउन्डमै हराए ।

 ६३ किलो तौल समुहमा एबिसीका युनिक राईले फाइट प्रमोशनका लियो बरदान नर्सिङ राणालाई ३ः२ तथा सुनसरीका दिहाङ्ग लिम्बुले उदयपुरका एलन राईलाई पहिलो राउडमै आरएससीको आधारमा पराजित गरे । भाइबका सरिन श्रेष्ठले एनएफसीका रोयन वैदारलाई ४ः१ को स्पिलिट डिसिजनका आधारमा निरास बनाए ।

जुनियर छात्रातर्फ ४६ किलोतौलमा दमकका दिप्सा काम्बाङ्गले बक्समाण्डुका हसिना डंगोललाई पहिलो राउन्डमै आरएसीका आधारमा हराए ।

स्कुल छात्रा ४९ किलो तौलतर्फ भक्तपुरका सायरा गासाईले सिजीजीका सेलेक्सी बम्जनलाई ५ः० युनानिमस डिसिजनका आधारमा हराइन् ।

स्कुल छात्रतर्फको ४६ किलो तौल समुहमा एबिसीका अनिस राईले थानकोटका प्रकट महर्जन , सुनसरीका कुञ्जन थापाले बानुजका आशुतोष सुवेदी तथा झापाका लगेहांग लिम्बुले फाईटका रोशन शेर्पालाई  लाई ५ः० को आधारमा पराजित गरे ।  

४९ किलो तौल समुहमा भाइबका सम्पूर्ण अधिकारीले स्वीटका अनिमेश महरलाई ३ः२ को स्पिलिट डिसिजनका आधारमा पराजित गरे । छात्र ५२ किलो तौल समुहमा केबीएका अंकीत कार्कीले सुनसरीका नवाङ्ग लिम्बुलाई ५ः० अन्तरको आधारमा हराइन् ।

साउन १४ गते सम्पन्न हुने प्रतियोगितामा जुनियरतफै आठ महिला र ८२ पुरुष तथा विद्यालयतर्फ ४४ छात्र र १४ छात्राले सहभागिता जनाएका छन् ।

यो प्रतियोगिताबाट अगस्ट २७ देखि सेप्टेम्बर १० तारिखसम्म युएईमा संचालन हुने एसियन जुनियर तथा स्कुल ब्वाइज र गर्ल्स  प्रतियोगितका लागि खेलाडी छनोट गरिनेछ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो