माघ १५, २०८२ बिहीबार | ०९:०३:२१
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

आयोग र विनोदको विजयी सुरुआत

सातदोबाटो । जेनेक्सका आयोग घिसिङ अछामका विनोद नागार्जेले राष्ट्रव्यापी जुनियर तथा विधालयस्तरीय छात्र/ छात्रा बक्सिङ प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।  

नेपाल बक्सिङ संघको आयोजनामा  शुक्रबारबाट सुरु प्रतियोगिताको जुनियर ५२ किलो तौल समुहमा आयोगले भाइबका सफल श्रेष्ठलाई ३ः२ को स्पलिट डिसिजनको आधारमा पराजित गरे ।

यसैगरि ५७ किलो तौल समुहमा विनोदले आरएससीको आधारमा आर्यन फिटनेशका सोनम लामालाई दोस्रो राउन्डमै हराए ।

 ६३ किलो तौल समुहमा एबिसीका युनिक राईले फाइट प्रमोशनका लियो बरदान नर्सिङ राणालाई ३ः२ तथा सुनसरीका दिहाङ्ग लिम्बुले उदयपुरका एलन राईलाई पहिलो राउडमै आरएससीको आधारमा पराजित गरे । भाइबका सरिन श्रेष्ठले एनएफसीका रोयन वैदारलाई ४ः१ को स्पिलिट डिसिजनका आधारमा निरास बनाए ।

जुनियर छात्रातर्फ ४६ किलोतौलमा दमकका दिप्सा काम्बाङ्गले बक्समाण्डुका हसिना डंगोललाई पहिलो राउन्डमै आरएसीका आधारमा हराए ।

स्कुल छात्रा ४९ किलो तौलतर्फ भक्तपुरका सायरा गासाईले सिजीजीका सेलेक्सी बम्जनलाई ५ः० युनानिमस डिसिजनका आधारमा हराइन् ।

स्कुल छात्रतर्फको ४६ किलो तौल समुहमा एबिसीका अनिस राईले थानकोटका प्रकट महर्जन , सुनसरीका कुञ्जन थापाले बानुजका आशुतोष सुवेदी तथा झापाका लगेहांग लिम्बुले फाईटका रोशन शेर्पालाई  लाई ५ः० को आधारमा पराजित गरे ।  

४९ किलो तौल समुहमा भाइबका सम्पूर्ण अधिकारीले स्वीटका अनिमेश महरलाई ३ः२ को स्पिलिट डिसिजनका आधारमा पराजित गरे । छात्र ५२ किलो तौल समुहमा केबीएका अंकीत कार्कीले सुनसरीका नवाङ्ग लिम्बुलाई ५ः० अन्तरको आधारमा हराइन् ।

साउन १४ गते सम्पन्न हुने प्रतियोगितामा जुनियरतफै आठ महिला र ८२ पुरुष तथा विद्यालयतर्फ ४४ छात्र र १४ छात्राले सहभागिता जनाएका छन् ।

यो प्रतियोगिताबाट अगस्ट २७ देखि सेप्टेम्बर १० तारिखसम्म युएईमा संचालन हुने एसियन जुनियर तथा स्कुल ब्वाइज र गर्ल्स  प्रतियोगितका लागि खेलाडी छनोट गरिनेछ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।