चैत्र २०, २०८१ बुधबार | १५:१०:२५
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

इनास सव जुनियर च्यालेन्ज कपः सुविन र रिहाना च्याम्पियन

इनास सव जुनियर च्यानेन्ज कपमा पदक विजेता

 काठमाडौं । त्रिभुवन आर्मी क्लबका सुविन श्रेष्ठ र रिहाना शेरचन योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज कपको च्याम्पियन बनेका छन् । यु-१५ को ब्वाइजमा सुविन र गर्ल्समा रिहाना च्याम्पियन बनेका हुन् ।

आइतबार सम्पन्न फाइनल खेलमा सुविनले आर्मीकै सुदेश राजकोटीलाई २१-१५, २१-१० ले र रिहानाले मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईलाई २१-१२, २१-१० ले पराजित गरे । दुवैतर्फको विजेताले  १० हजार तथा उपविजेताले ५ हजार रुपैयाँसहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

ब्वाइजतर्फ कैलालीका शिषिर राना र धन्यन्तरीका सत्यम कार्की तथा गर्ल्सतर्फ दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्री र आइबिएससीका टिशा रानी शाक्य तेस्रो स्थानमा ररहे । उनीहरुले २ हजार ५ सय रुपैयाँ मेडल ट्रफी र प्रमाण पाए ।

नेपालमा योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको आयोजनामा भएको प्रतियोगिताको यु-१३ मा ब्वाइजतर्फ आर्मीका सुदेश राजकोटी र गर्ल्सतर्फ मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईले उपासधसहित १० हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

सुदेशले स्पोर्टस हबका सदीप राईलाई २१-१६, २१-१३ ले र निभाले कास्कीकी रक्षा फागमीलाई २१-१९, २१-१२ ले पराजित गरेका हुन् । उपविजेताले ५ हजार मेडल, प्रमाण पत्र र ट्रफी पाए।

ब्वाइजतर्फ तनहुका सफल भुजेल र एपिएफका आरुष सिमखडा र गर्ल्सतर्फ आर्मीकी समृद्धि श्रेष्ठ र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री रहे । उनीहरुले २ सय ५ सय रुपैयाँका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै यु-११तर्फ कास्कीका सक्षम गुरुङले कपिलबस्तुका विराट बस्नेतलाई २३-२१, २१-१० ले पराजित गरे ।  विजेताले १० हजा र उपविजेताले ५ हजार रुपैयाँका साथ मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।  

तेश्रो स्थनमा रहेका आर्मीका दीप थिङ र महाबौद्ध क्लबका आरभ शाक्यले २ सय ५ सय सहित मेडल, प्रमाण पत्र र ट्रफी हात पारे ।

विजयी खेलाडीलाई बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, राखेप पूर्व बोर्ड सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डे, नेपाल एपिएफ क्लबका एसपी सुधिर सुवेदी, ब्याडमिन्टन प्रशिक्षक किरण थापा, बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र थिङलगायतले पुरस्कार वितरण गरेका थिए ।

यस्तै इनासका प्रोपाइटर राजु बास्तोलाले खेलाडीलाई योनेक्सको र्याकेट, ब्याग, टिसर्ट तथा खेल सामाग्री प्रदान गरेका थिए ।


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।