काडमाडौं । त्रिभुवन आर्मी क्लबका रिजन थापा मगर र धन्यन्तरीका सत्यम कार्की योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज कप २०८० यु-१३ को क्वार्टरफाइनलमा मा प्रवेश गरेका छन् ।
शुक्रबार रिजनले अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रका अक्षत ढुङ्गेललाई २१-१३, २१-८ ले स्तब्ध बनाए । सत्यमले कास्कीका अमित थपालाई २१-१२, २१-१३ ले पराजित गरे ।
योनेक्सको नेपालका लागि आधिकारिक बिक्रेता इनासको आयोजनामा भएको प्रतियोगितामा स्पोर्टस हबका सदीप राई, एपिएफका आरुष सिमखडा, तनहुका सफल भुजेल, कैलालीका रियान्स चौधरी, आर्मीका सुदेश राजकोटी र पुलिस स्कुलका प्रनिश कार्की पनि क्वार्टरफाइनलमा स्थान बनाए ।
सदीपले दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई २१-१९, २१-५, आरुषले कैलालीका आदित्य चौधरीलाई २१-१५, २१-१६, सफलले कपिलबस्तुका राज घिमिरेलाई २१-७, २१-१४, रियान्सले आर्मीका दीप थिङलाई २१-१३, २१-१४, सुदेशले महाबौद्ध क्लबका आरभ शाक्यलाई २१-५, २१-७ ले हराउँदा प्रनिशले प्रिन्स थापा मगरबाट वाक ओभर प्राप्त गरे ।