मंसिर ६, २०८१ बिहीबार | १२:२१:३४
सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालावन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ पुष्पसदन विजयी एनआरटीले सातदोबाटोलाई हरायो जुनियर टेनिसः शिभाली र आइसथको जोडीलाई स्वर्ण सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालावन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ पुष्पसदन विजयी एनआरटीले सातदोबाटोलाई हरायो जुनियर टेनिसः शिभाली र आइसथको जोडीलाई स्वर्ण

मिनी ब्याडमिन्टन प्रतियोगिताः सुदेश र स्वरिना च्याम्पियन

यु-१५ गर्ल्सतर्फको विजेता स्वरिना श्रेष्ठ ।

काठमाडौं । नेपाल सटल टाइम मिनी ब्याडमिन्टन प्रतियोगिताको यु-१५ ब्वाइजमा सुदेश राजकोटी र गर्ल्समा स्वरिना श्रेष्ठ च्याम्पियन बनेका छन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा ब्वाइज फाइनलमा आर्मीका सुदेशले भोजपुरका सदीप राईलाई पराजित गरे ।

यो स्पर्धामा आर्मीका रिजन मगर एवं धन्यतरीका सत्यम कार्कीले कांस्य पदक प्राप्त गरे ।

सिपाडोलस्थित भादगाउँ स्पोर्टस क्लबको कभर्डहलमा गर्ल्सतर्फ मध्यपुर ब्याडमिन्ट एकेडेमीकी स्वरिनाले सिन्धुपाल्चोककी अस्ना श्रेष्ठलाई निरास बनाइन् । 
यो स्पर्धामा आर्मीकी युनिशा गुरुङ र केबिसीकी प्रेनेशा श्रेष्ठले कांस्य पदक जिते ।

यसैगरी यु-१२ ब्वाइजतर्फ नेपाल पुलिस स्कुलका प्रनिश कार्कीले आर्मीका दीप थिङलाई पराजित गर्दै स्वर्ण पदक हात पारे ।

प्रतियोगिताका पदक विजेतासँग अतिथिहरू । 

यो स्पर्धामा नेपाल पुलिस स्कुलका सिद्धान्त श्रेष्ठ र जेनिश तामाङले कांस्य पदक प्राप्त गरे ।

यु-१२ गर्ल्सतर्फ आर्मीकी अजरेन्का शेरचनले आश्रुती कार्कीलाई पराजित गर्दै स्वर्ण पदक हात पारिन् ।

यो स्पर्धामा केबिसीकी रेन्शा श्रेष्ठ र काभ्रे ब्याडमिन्टनकी दिवा श्रेष्ठ कांस्य पदक जित्न सफल भए ।

प्रतियोगिताको उद्घाटन नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष प्रकाशबहादुर शाहीले गरेका थिए ।  

विजयी खेलाडीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, नेपालका लागि योनेक्सका आधिकारीक विक्रेता योनेक्स सनराईजका प्रोपाईटर राजु बास्तोला, संघका पदाधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

विश्व ब्याडमिन्टन महासंघको कार्यक्रमअन्तर्गत रहेको प्रतियोगितामा ब्वाइजतर्फ ५५ र गर्ल्सतर्फ २५ खेलाडीले सहभागिता जनाएका थिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin