काठमाडौं । नेपाल ब्याडमिन्टन संघले ओलम्पिक सोलिडारिटी बिडब्लुएफ लेभल वान कोचिङ कोर्ष सम्पन्न गरेको छ ।
शनिबार सम्पन्न कोर्षमा १५ पुरुष र ६ महिला गरि २१ जनाको सहभागिता थियो ।
सहभागीलाई बिडब्लुएफ ट्युटर चेक रिपब्लिककी मार्केटा तथा ब्याडमिन्टन एसिया ट्युटर भुटानका दोर्जी र नेपालकी सरादेवी तामाङले प्रशिक्षण दिएका थिए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सहभागीलाई प्रमाण पत्र प्रदान गरे ।
यसअघि कात्तिक ९ देखि १६ गतेसम्म ब्याडमिन्टन संघले लेभल २ कोचिङ कोर्ष आयोजना गरेको थियो । दुवै कोर्षलाई नेपाल ओलम्पिक कमिटीले सहयोग गरेको थियो ।
ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले कोर्ष आयोजनाका लागि सहयोग गरेकोमा ओलम्पिक कमिटीलाई धन्यवाद दिए ।
भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
