पुस २, २०८२ बिहीबार | २१:४१:३५
गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु एन्फा यु–१६ युथ लिगः आर्मीको पोस्टमा मछिन्द्रको ९ गोल, फ्रेन्ड्स र चर्च ब्वाइजलाई पनि तीन अंक जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु एन्फा यु–१६ युथ लिगः आर्मीको पोस्टमा मछिन्द्रको ९ गोल, फ्रेन्ड्स र चर्च ब्वाइजलाई पनि तीन अंक जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी

कान्तिपुर हाफ म्याराथन आगामी शनिबार हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन,तस्विरः सरोज सापकोटा /खेलाडी ।

काठमाडौं । कान्तिपुर पब्लिकेसन्स लिमिटेडको आयोजनामा कान्तिपुर हाफ म्याराथनको १३औं संस्करण यही जेठ १७ गते शनिबार हुने भएको छ ।

ग्लोबल आइएमइको प्रस्तुती रहेको प्रतियोगितामा चार विधा समावेश छन् । जसमा हाफ म्याराथन २१.१ किमीको हुनेछ। यसैगरी अन्य करपोरेट रन ५ किमी, कलेज रन ७ किमी,ह्विलचेयर रेस हुनेछ ।

यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको छ ।  हाफ म्याराथनको दुवैतर्फका विजेताले जनही १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी दोस्रोदेखि छैटौं स्थान हासिल गर्नेले क्रमशः ६५, ५०, ३०, २० र १० हजार पाउने छन् ।

अघिल्लो संस्करणमा दुवैतर्फका विजेतालाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो । यस्तै दोस्रोदेखि छैटौं स्थान हासिल गर्नेले क्रमशः ५०, ३०, २०, १० र ५ हजार रुपैयाँ पाएका थिए ।  

ह्विलचेयर रेसतर्फको शीर्ष तीनले क्रमशः ३५, २५ र १५ हजार रुपैयाँ पाउनेछन् । अघिल्लो संस्करणमा ३०, २० र १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कर्पोरेट रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष तीनमा रहनेले विभिन्न पुरस्कार र गिफ्ट हृयाम्पर पाउनेछन् । यसैगरी हाफ म्याराथनमा कोर्स रेकर्ड बनाउने खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कबाट सुरु हुने हाफ म्याराथन थापाथली, माइतीघर मण्डला, वानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट सोही रुट हुँदै पुनः सेन्ट्रल विजनेस पार्कमै आएर सकिनेछ ।

कर्पोरेट दौड सेन्ट्रल विजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, वानेश्वर, सिभिल हस्पिटल अगाडिबाट फर्किएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल विजनेस पार्कमा गएर टुंगिने छ । सेन्ट्रल विजेनस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल विजनेस पार्कमै आएर समाप्त हुनेछ ।

प्रतियोगितामा सहभागिताका लागि बुधबारसम्म नाम दर्ता गराउन सकिने आयोजकले बताएको छ । प्रतियोगितालाई नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहनेछ । 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team