असार ८, २०८२ आइतबार | ०८:५७:३१
इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन

सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि

काठमाडौं । आर्मीका सुशीलकुमार शाहीले वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा पुरुषतर्फको उपाधि जितेका छन् ।

शनिबार सम्पन्न प्रतिायेगितामा उनले १ घन्टा ५ मिनेट ५८ सेकेन्डको समय निकाले । आर्मीकै विनोद रोकाया १ घन्टा ६ मिनेट ११ सेकेन्डका साथ दोस्रो स्थानमा रहे ।

१ घन्टा ८ मिनेट ६ सेकेन्डको समय निकालेका नरेन्द्रसिंह रोकायाले तेस्रो स्थान हासिल गरे । उनी पनि आर्मीकै हुन् ।

यो स्पर्धाको महिलतातर्फ पनि आर्मीका निशा सार्की, विश्वरुपा बुढा र गीता महर्जन शीर्ष तीनमा रहे । उनीहरूले क्रमशः १ः२८ः ४७, १ः३०ः५२ र १ः५८ः५४ को समय निकाले ।

यसैगरी १० किमि खुला पुरुषतर्फको उपाधि सञ्जय श्रेष्ठले जिते । यसैगरी राजिव बस्नेत दोस्रो र अर्जुन बुढा तेस्रो स्थानमा रहे ।  सोही स्पर्धाको महिलातर्फ सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने र सिर्जना पाण्डेले शीर्ष तीन स्थान हालि गरेका छन् ।

५ किमि खुला पुरुषतर्फ रुपेश कार्की, गणेशसिंह रावत र अखुलबहादुर पाल तथा महिलातर्फ आशा रावत, सरस्वती भट्टराई र रजिना दुलाल शीर्ष तीनमा रहे  ।

हाफ म्याराथन मास्टर्समा किरणसिंह बोगटीले पहिलो स्थान हासिल गरे । यस्तै धर्म महर्जनले दोस्रो र मिजुकी मातसुजाकी तेस्रो भएका छन् ।

मास्टर्स १० किमिमा निन महर्जन, देव महर्जन  र  राजेश महर्जनले शीर्ष तीन स्थान हासिल गरेका छन् ।  

विद्यालय ५ किमि छात्रतर्फ अजय पाण्डे, दिनेश यादवहरि चन्द्र तामाङ तथा छात्रातर्फ अस्मिता भुजेल, गायत्री श्रेष्ठ,  शांग्रिला श्रेष्ठ शीर्ष तीनमा रहे ।

 वान रन  मे २४ मा नेपालसहित विश्वभरका ११० वटा सहरमा एकैसाथ आयोजना हुँदै आएको छ । नेपालमा याे दौड काठमाडौं म्याराथनको आयोजक एनआरएस स्पोर्टस फाउन्डेसनले गत वर्षदेखि गर्न लागेको हो ।

हाफ  म्याराथन पाटन दरबार क्षेत्रबाट सुरु भएर, मंगलबजार, पुलचोक, जावालाखेल (चिडियाखाना), एकान्तकुना, सातदोबाटो, बल्खु, कलंकी, सितापाइला  हुँदै सुरुआती विन्दुमै आएर अन्त्य भएको थियो ।

प्रतियोगितामा बहराइन, बंगलादेश, बेलारुस, ब्राजिल, कतार, चीन, इजिप्ट, भारत, जोर्डन, किर्गिस्तान, मलेसिया, पाकिस्तान, साउदी अरेयिबा, सर्बिया, ताजकिस्तान, चिली, लेबनान, अर्मेनिया, ट्युनिसिया, भेनेजुएलालगायतका देशबाट पनि धावकरधाविका सहभागी भएका थिए । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team