काठमाडौं । एसियाली एथलेटिक्स च्याम्पियनसिपको २६औं संस्करणमा पाँच नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् ।
नेपाली टोली शनिबार राति ११ बजे दक्षिण कोरियाको गुमी प्रस्थान गर्नेछ । मे २७ देखि ३१ सम्म हुने प्रतियोगितामा तीन पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
पुरुष १ हजार ५००/५ हजार मिटर दौडमा मुकेश पाल, लङजम्पमा सलिम देवान र १००/२०० मिटर दौडमा शिवराज पार्कीले प्रतिस्पर्धा गर्नेछन् । महिला ज्याभ्लिन थ्रो/सटपुटमा चन्द्रकला लाम्गाडे तथा ८००/१ हजार ५०० मिटर दौडमा फुलमती रानाले सहभागिता जनाउने छन् ।
टोलीको प्रशिक्षकमा उषाकर्ण चौधरी छिन् ।
टोलीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र नेपाल एथलेटिक्स संघ, तदर्थ समितिका संयोजक तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले शनिबारै बिदाइ गरे ।
भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
