चैत्र १२, २०८२ बिहीबार | १९:३१:१९
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

सुनसरी रोकायलाई हाफ म्याराथनकाे उपाधि

फाइल तस्विर ।

काठमाडौं । त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकाय काठमाडौं पिंक केयरएथनको हाफ म्याराथनमा च्याम्पियन बनेकी छन्  ।

शनिबार सुनसरीले १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गरिन् । एपिएफकी पुष्पा भण्डारीले दोस्रो र आर्मीकी निर्मला केसीले तेस्रो स्थान प्राप्त गरे । पुष्पाले १ घन्टा २१ मिनेट ५५ सेकेन्ड र निर्मलाले १ घन्टा २७ मिनेट ५६ सेकेन्डको समय निकाले ।

हाफ म्याराथन जावलाखेल फुटबल मैदानबाट सुरु भएर एकान्तकुना चक्रपथ, महालक्ष्मीथान, चापागाउँ दोबाटो, सातदोबाटोहात्तीबन-हरिसिद्दी टैब बोंडेगाउ, टौखेल किटनी , निम्तो रेष्टुरेन्ट, गोदावरी बिकास युवा क्लबबाट फर्किएर सोही रुट हुँदै जावलाखेल आएर टुङिएको थियो।

विजेता सुनसरीले ५१ हजार उपविजेता पुष्पाले ३१ हजार र तेस्रो हुने निर्मलाले २१ हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यसैगरी १० किलोमिटरमा निशा कार्की आशा रावत दोस्रो र सुमित्रा चौधरी शीर्ष तीनमा रहे । विजेता निशाले ३१ हजार, उपविजेता आशाले २१ हजार र तेस्रो हुने सुमित्रा ले ११ हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र हात पारे ।

यस्तै पाँच किमिमा सस्वती भट्टराईले उपाधि जित्दा आशा रावत दोस्रो र सुमित्रा चौधरी तेस्रो स्थानमा रहे । यता ३ किमिका सम्झना राई, गायत्री श्रेष्ठ दोस्रो तथा शुपृता थापा शीर्ष तीनमा रहे ।

३ र ५ किलोमिटरका विजेताहरूले मेडल र प्रमाण पत्रसहित काठमाडौंको लाजिम्पाटमा रहेको दुषित प्रिन्सेस होटेलमा २ जनाको लागि नाइट प्याकेज प्रप्त गरेका छन्। यससँगै १३ जना विजेताले मेटलाइफबाट इन्स्युरेन्स प्याकेज प्राप्त गरेका छन् ।

लिजर पोर्ट नेपालले आयोजना गरेको कार्यक्रममा २ देखि ७० वर्षसम्मका झण्डै २ हजार महिलाहरूको सहभागिता थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो