माघ २, २०८२ शुक्रबार | १६:५३:२९
सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल

काठमाडौं म्याराथनः न्युजिल्यान्डका जोनाह स्मिथ च्याम्पियन

म्याराथनका पदक विजेता ।

काठमाडौं । न्युजिल्यान्डका जोनाह स्मिथ काठमाडौं म्याराथनको १६औं संस्करणमा च्याम्पियन बनेका छन् ।

अविरल वर्षाकाबीच शनिबार भएको म्याराथन स्मिथले २ घन्टा २१ मिनेट ४५ सेकेन्डमा पूरा गरे। 

एपिएफका नरेन्द्र रावल दोस्रो र १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणसिंह बोगटी तेस्रो भए । नरेन्द्रले २ घन्टा २३ मिनेट ०५ तथा किरणले २ घन्टा ३१ मिनेट ४४ सेकेन्डको समय निकालेका थिए ।

विदेशी खेलाडीको सहभागिता पक्का भइसकेकाले आयोजक एनआरएस स्पोर्टस फाउन्डेसनले पूर्व निर्धारित समयमै म्याराथन सन्चालन गरेको थियो ।

हाफ म्याराथनमा महिलातर्फ एपिएफकी पुष्पा भण्डारी र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र राउत च्याम्पियन बने ।

पुष्पाले १ घन्टा २८ मिनेट १४ सेकेन्डमा दौड पूरा गरिन्  अन्ना स्टेफन दोस्रो र चारु अर्याल तेस्रो भइन् । अन्नाले १ घन्टा ३७ मिनेट १३ तथा चारुले २ घन्टा ४३ मिनेट १६ सेकेन्डको समय निकालेका थिए।

नरेन्द्रले  निर्धारित दूरी पार गर्न १ घन्टा १२ मिनेट ०४ सेकेन्ड लगाए ।  राजेन्द्र तामाङ१ घन्टा १४ मिनेट ०२ सेकेन्डको साथ दोस्रो तथा विज्ञान गुरुङ १ घन्टा १६ मिनेट २६ सेकेन्डको समय निकाल्दै तेस्रो स्थानमा रहे ।

५ किलोमिटर खुला पुरुषमा नेपाल पुलिस क्लबका नागेश्वर ऐयर पहिलो भए। उनले १८ मिनेट १३.१ सेकेन्डमा दौड पूरा गरेका थिए ।

५ किलोमिटर पुरुष मास्टर्समा राजु भण्डारी २३ मिनेट ५३.६१ सेकेन्डको समय निकाल्दै विजयी भए ।

५ किलोमिटर स्कुल गर्ल्समा आइश्मा आचार्य र ब्वाइजमा सन्तोष कार्की च्याम्पियन बने । आइश्माले २५ मिनेट १५.४ र सन्तोषले १४ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेका थिए ।

म्याराथन मास्टर्समा निकोले लाख्तिकोभ विजयी भए । उनले निर्धारित दूरी पार गर्न ३ घन्टा १३ मिनेट ४४ सेकेन्ड लगाए । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate