माघ १७, २०८२ शनिबार | १४:०७:२७
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ रोकियो

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ खेलका क्रममा दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि देशैभर प्याराग्लाइडिङ उडान रोक्ने निर्णय गरेको छ ।

दुर्घटनाको खवर पाउनेवित्तिकै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ अस्पताल पुगेर जानकारी लिएका थिए । बिहान सुरुकै उडानमा दुर्घटना भएपछि नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङका बाँकी सबै खेलहरु आफै स्थगित भएका थिए । प्याराग्लाइडिङ नेपाललाई एसियाली खेलकुदमा रजत पदक जिताउने खेल हो ।

पोखरा महानगरपालिका १८ स्थित सराङकोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ प्रतिस्पर्धाको क्रममा आइतबार आकाशमा उडिरहेको प्याराग्लाइडिङ करिब १०० मिटरमाथिबाट जंगलमा खसेको थियो ।

त्यो प्याराग्लाइडिङ उडाइरहेका त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापा गम्भीर घाइते भएका थिए । घाइते थापालाई थप उपचारका लागि पोखरा सिर्जना चोकस्थित मेट्रोसिटी अस्पताल ल्याइएको थियो । तर अस्पतालमा करिब १२ः ४५ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

खेल दौरान नै मृत्युवरण गरेका थापाको शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल लगिने बताइएको छ । तथापि थापाका परिवार नआइपुगेका कारण अझैसम्म शवलाई मेट्रोसिटी अस्पतालमै राखिएको छ । नेपाली सेनाका उच्च अधिकारीहरु पनि आउन लागेको बताइएको छ । थापाकी आमालाई काठमाडौंबाट हेलिकोप्टरमा ल्याउने तयारी भइरहेको अस्पताल परिसरमा रहेका प्याराग्लाइडिङका पदाधिकारीहरुले खेलाडी डटकमलाई जानकारी गराए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।