चैत्र १२, २०८२ बिहीबार | २२:४६:३०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ रोकियो

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ खेलका क्रममा दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि देशैभर प्याराग्लाइडिङ उडान रोक्ने निर्णय गरेको छ ।

दुर्घटनाको खवर पाउनेवित्तिकै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ अस्पताल पुगेर जानकारी लिएका थिए । बिहान सुरुकै उडानमा दुर्घटना भएपछि नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङका बाँकी सबै खेलहरु आफै स्थगित भएका थिए । प्याराग्लाइडिङ नेपाललाई एसियाली खेलकुदमा रजत पदक जिताउने खेल हो ।

पोखरा महानगरपालिका १८ स्थित सराङकोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ प्रतिस्पर्धाको क्रममा आइतबार आकाशमा उडिरहेको प्याराग्लाइडिङ करिब १०० मिटरमाथिबाट जंगलमा खसेको थियो ।

त्यो प्याराग्लाइडिङ उडाइरहेका त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापा गम्भीर घाइते भएका थिए । घाइते थापालाई थप उपचारका लागि पोखरा सिर्जना चोकस्थित मेट्रोसिटी अस्पताल ल्याइएको थियो । तर अस्पतालमा करिब १२ः ४५ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

खेल दौरान नै मृत्युवरण गरेका थापाको शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल लगिने बताइएको छ । तथापि थापाका परिवार नआइपुगेका कारण अझैसम्म शवलाई मेट्रोसिटी अस्पतालमै राखिएको छ । नेपाली सेनाका उच्च अधिकारीहरु पनि आउन लागेको बताइएको छ । थापाकी आमालाई काठमाडौंबाट हेलिकोप्टरमा ल्याउने तयारी भइरहेको अस्पताल परिसरमा रहेका प्याराग्लाइडिङका पदाधिकारीहरुले खेलाडी डटकमलाई जानकारी गराए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो