माघ १७, २०८२ शनिबार | १४:५७:२०
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

माउन्टेन स्पोर्ट्स फेडेरेसनको बैठक सम्पन्न, साधारण सभा र निर्वाचन स्थगित

काठमाडौं । माउन्टेन स्पोर्ट्स फेडेरेसन नेपालले असोज २ र ३ गते गर्ने भनिएको साधारण सभा तथा निर्वाचन राखेपको समन्वयमा यसै वर्षको अनुकुल समयमा गर्ने गरी हाललाई स्थगित गरेको छ । काठमाडौंमा सम्पन्न फेडेरेशनको कार्यसमितिको बैठकले निर्वाचन र साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले अध्यक्ष गोविन्द भट्टराई र सदस्य रमेश सिवाकोटी र मोहम्मद फाजिललाई विधान संसोधन समिति, महासचिव संजीव पाण्डे र कोषाध्यक्ष किसन कुमार अग्रवाललाई प्रतिवेदन समिति तथा अध्यक्ष गोविन्द भट्टराई, उपाध्यक्ष एकेन्द्र कुवर, सम्पन्न श्रेष्ठ र मनबहादुर खत्रीलाई अन्तर्राष्ट्रिय सम्वन्ध समिति, महासचिवको समन्वयमा सचिवालय, रमेश सिवाकोटीको समन्वयमा परम्परागत खेलसँगै एकेन्द्र कुवर र मोहम्मद फाजिललाई सरकारी समन्वयको जिम्मेवारी दिएको छ ।

यस्तै, बैठकले उमेश केसी वातारण, रमेश सिवाकोटी र भुवन गुरुङ तथा कोषाध्यक्षसहितको आर्थिक समिति साथै दिपकराज जोशीको संयोजकत्वमा विज्ञ टिम र सुनार गुरुङको नेत्तृत्वमा प्राविधिक टिम अनुमोदन गर्ने निर्णय गरेको छ ।

महासंघमा हालसम्म प्राप्त प्रस्तावका आधारमा २२ वटा खेल संघसंस्थालाई मान्यता दिएको छ । आगामी साधारणसभा तथा निर्वाचनमा सोही संघ तथा प्रदेश संघबाट एक महिला सहित एक/तीन जना प्रतिनिधि रहने निर्णय गरेको छ । यसवाहेकका आवद्घ क्लब तथा संघ संस्था वाट एक/एक जना प्रतिनिधी र प्राविधिक तथा विज्ञबाट पाँच जना प्रतिनिधि रहनेसमेत सर्वसम्मत निर्णय गरेको छ ।

यसै गरी नेपाल सरकारले घोषणा गरेको अन्तर्राष्ट्रिय पर्वतीय खेलकुद प्रतियोगिताको लागि पहल गर्ने र यसको लागि राखेप, एनओसी र सरकार तथा अन्तर्राष्ट्रिय तहमा छलफल र लबिङ गर्नेसमेत निर्णय गरेको छ ।

यस्तै, यसअघि नै गठन गरिएको महासंघको प्राविधिक तथा विज्ञ समूह वातारण, समूह महिला, समूह लगायतलाई समेत अनुमोदन गरेको छ ।

महासंघमा आवद्ध सम्पूर्ण संघको प्रदेश संघ गठन गर्ने, महासंघकै प्रदेश भेला गर्ने तथा ऐन र नियमावलीमा आवश्यक सुझावका लागि लबिङ गर्ने निर्णय समेत गरेको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।