चैत्र ९, २०८२ सोमबार | १२:१८:०३
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

माउन्टेन स्पोर्ट्स फेडेरेसनको बैठक सम्पन्न, साधारण सभा र निर्वाचन स्थगित

काठमाडौं । माउन्टेन स्पोर्ट्स फेडेरेसन नेपालले असोज २ र ३ गते गर्ने भनिएको साधारण सभा तथा निर्वाचन राखेपको समन्वयमा यसै वर्षको अनुकुल समयमा गर्ने गरी हाललाई स्थगित गरेको छ । काठमाडौंमा सम्पन्न फेडेरेशनको कार्यसमितिको बैठकले निर्वाचन र साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले अध्यक्ष गोविन्द भट्टराई र सदस्य रमेश सिवाकोटी र मोहम्मद फाजिललाई विधान संसोधन समिति, महासचिव संजीव पाण्डे र कोषाध्यक्ष किसन कुमार अग्रवाललाई प्रतिवेदन समिति तथा अध्यक्ष गोविन्द भट्टराई, उपाध्यक्ष एकेन्द्र कुवर, सम्पन्न श्रेष्ठ र मनबहादुर खत्रीलाई अन्तर्राष्ट्रिय सम्वन्ध समिति, महासचिवको समन्वयमा सचिवालय, रमेश सिवाकोटीको समन्वयमा परम्परागत खेलसँगै एकेन्द्र कुवर र मोहम्मद फाजिललाई सरकारी समन्वयको जिम्मेवारी दिएको छ ।

यस्तै, बैठकले उमेश केसी वातारण, रमेश सिवाकोटी र भुवन गुरुङ तथा कोषाध्यक्षसहितको आर्थिक समिति साथै दिपकराज जोशीको संयोजकत्वमा विज्ञ टिम र सुनार गुरुङको नेत्तृत्वमा प्राविधिक टिम अनुमोदन गर्ने निर्णय गरेको छ ।

महासंघमा हालसम्म प्राप्त प्रस्तावका आधारमा २२ वटा खेल संघसंस्थालाई मान्यता दिएको छ । आगामी साधारणसभा तथा निर्वाचनमा सोही संघ तथा प्रदेश संघबाट एक महिला सहित एक/तीन जना प्रतिनिधि रहने निर्णय गरेको छ । यसवाहेकका आवद्घ क्लब तथा संघ संस्था वाट एक/एक जना प्रतिनिधी र प्राविधिक तथा विज्ञबाट पाँच जना प्रतिनिधि रहनेसमेत सर्वसम्मत निर्णय गरेको छ ।

यसै गरी नेपाल सरकारले घोषणा गरेको अन्तर्राष्ट्रिय पर्वतीय खेलकुद प्रतियोगिताको लागि पहल गर्ने र यसको लागि राखेप, एनओसी र सरकार तथा अन्तर्राष्ट्रिय तहमा छलफल र लबिङ गर्नेसमेत निर्णय गरेको छ ।

यस्तै, यसअघि नै गठन गरिएको महासंघको प्राविधिक तथा विज्ञ समूह वातारण, समूह महिला, समूह लगायतलाई समेत अनुमोदन गरेको छ ।

महासंघमा आवद्ध सम्पूर्ण संघको प्रदेश संघ गठन गर्ने, महासंघकै प्रदेश भेला गर्ने तथा ऐन र नियमावलीमा आवश्यक सुझावका लागि लबिङ गर्ने निर्णय समेत गरेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो