चैत्र ७, २०८२ शनिबार | ०१:४०:०८
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

तामाङलाई एभरेष्ट म्याराथनको उपाधि

काठमाडौं । तीर्थबहादुर तामाङले आइतबार १७औं एभरेष्ट म्याराथनको उपाधि जितेका छन् ।

तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको दिन मे २९ को अवसरमा प्रत्येक वर्ष आयोजना हुने विश्वकै सर्वाधिक उचाईको म्याराथनमा तामाङले तीन घण्टा ५१ मिनेट ०९ सेकेन्डको टाइमिङका साथ उपाधिमा कव्जा जमाएका हुन् ।

सगरमाथा आधार सिविरबाट सुरु भएर नाम्चे बजारमा आएर सम्पन्न हुने म्याराथनमा नेपालकै राजकुमार राजभण्डारी तीन घण्टा ५१ मिनेट ३९ सेकेन्डको टाइमिङका साथ उपविजेता भए । तीन घण्टा ५३ मिनेट १० सेकेन्डमा निर्धारित दुरी तय गरेका नेपालकै सुमन कुलुङले तेस्रो स्थान हासिल गरे ।

विदेशीतर्फ स्विट्जरल्यान्डका बर्नहाड जिन्जरले पाँच घण्टा ५१ मिनेट ३७ सेकेन्डमा दुरी पूरा गर्दै पहिलो स्थान हासिल गरे भने रोमानियाका डार्गोस मुन्टियानुले ६ घण्टा १ मिनेट २० सेकेन्ड तथा बेलायतका बेन्जामिन सिन्क्लेयरले ६ घण्टा २१ मिनेट ११ सेकेन्डमा निर्धारित दुरी पार गरेर क्रमषः दोस्रो तथा तेस्रो स्थान हासिल गरे ।

महिलातर्फ खुल्ला म्याराथनमा नेपालकी पुर्णिमाया राईले पाँच घण्टा १९ मिनेट १५ सेकेन्डको टाइमिङका साथ पहिलो स्थान हासिल गर्दा नेपालकै अमलधानी राई पाँच घण्टा ३९ मिनेट ०१ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो स्थान हासिल गरिन । नेपालकै सेविका राईले पाँच घण्टा ४४ मिनेट १९ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो स्थान हासिल गरिन् ।

त्यस्तै खुल्ला हाफ म्याराथनमा जर्मनीकी भेरिना स्लिमेइरर तीन घण्टा ६ मिनेट ३४ सेकेन्डमा निर्धारित दुरी तय गर्दै पहिलो हुँदा रोमानियाकी एलिना फेर्तु तीन घण्टा २८ मिनेट १७ सेकेन्डको टाइमिङका साथ दोस्रो भइन । यही विधामा तेस्रो स्थान भने जर्मनीका पुरुष धावक डाइटमार स्टुवले हासिल गरे । उनले तीन घण्टा ३० मिनेट १९ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए ।

एभरेष्ट एक्सटिङ ६० किलोमिटर अल्ट्रा दौडको शीर्ष तीन स्थान नेपाली धावकले हासिल गरे । अर्जुन राई कुलुङ सात घण्टा चार मिनेट ३५ सेकेन्डको टाइमिङका साथ च्याम्पियन हुँदा गोपाल तामाङले सात घण्टा ३९ मिनेट ३२ सेकेन्डमा निर्धारित दुरी तय गर्दै दोस्रो भए । त्यस्तै दूर्गाराज बुढाले सात घण्टा २९ मिनेट ३३ सेकेन्डको टाइमिङका साथ तेस्रो स्थान हासिल गरे ।

एक्सट्रिम अल्ट्रा ६० किलोमिटर दौड, खुल्ला म्याराथन र महिला खुल्ला म्याराथनका विजेताले समान एक लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेताले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार रुपैयाँका दरले पाए । यसैगरी विदेशीतर्फको म्याराथन र हाफ म्याराथनका विजेताले जनही ५० हजार, उपविजेताले जनही ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँका दरले पुरस्कार हासिल गरे ।

मुख्य विधा एभरेष्ट म्याराथनको उपाधि जितेका तिर्थ तामाङले विश्वको सबभन्दा बढि उचाईमा हुने म्याराथन भएकाले सहभागिता जनाउँदै आफू निक्कै उत्साहित रहेको बताए ।

‘विश्वकै सबभन्दा उचाईमा हुने भएकाले यहाँ दौडिनु निक्कै कठिन थियो । तथापि यहाँ दौडिँदा मैले रमाइलो महशुष गरेँ,’ उनले भने, ‘उपाधि जित्न सक्दा म झन खुसी छु ।’

विदेशीतर्फका विजेता जिन्जरले पनि रुट अत्यन्तै कठिन भए पनि आफूले त्यसको भरपुर मज्जा लिएको प्रतिक्रिया दिए ।

यसैगरी हाफ म्याराथनकी च्याम्पियन भेरेनाले फुल म्याराथन दौडिने चाहना भए पनि हाफ म्याराथनमात्र दौडिएको बताइन । उनले एउटा उत्कृष्ट प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै विजेता बन्दा गौरवान्वित बनेको बताइन ।

विदेशीतर्फका उपविजेता ड्रागोस मुन्टेनाउले अहिलेसम्म सहभागिता जनाएकामध्ये यो सबभन्दा कठिन म्याराथन भएको बताए । ‘मैले यहाँ दोस्रो हुन सक्छु भन्ने ठानेको थिइँन, तर भएँ, खुसी छु,’ उनले भने ।

एक सय २७ विदेशी तथा ६६ नेपाली गरी कुल एक सय ९३ जना धावकको सहभागिता रहेको प्रतियोगितामा सबभन्दा धेरै बेलायतबाट ३३ तथा अमेरिकाबाट १८ धावकले भाग लिएका थिए । सहभागीमध्ये १३ वर्षका भारतीय किशोर साई सुधिर काउडे पनि थिए ।

प्रतियोगिता जलवायु परिवर्तनविरुद्ध तथा कस्तुरी मृग संरक्षणको अभियानका लागि गरिएको आयोजक हिमालय एक्सपिडिसनका प्रमूख एवं एभरेष्ट म्याराथनका परिकल्पनाकार विक्रम पाँडे काजीले जानकारी गराए ।

‘माओवादी द्वन्द्वका बेला नेपाली पर्यटन ओरालो लागिरहेको बेला खेलकुदमार्फत पर्यटनको पुनस्थापनका लागि हामीले यो प्रयास थालेका थियौं । अहिले पनि कोभिड १९ को महामारीबाट थलिएको पर्यटनलाई पुरानै लयमा फर्काउन यो म्याराथनले अहम भूमिका निर्वाह गर्ने हामीले विश्वास लिएका छौं,’ पाँडे काजीले भने, ‘नेपालमा शाहसिक पर्यटनको प्रवद्र्धनमा मानक बनिसकेको यो प्रतियोगिताले विश्व मानचित्रमा देशलाई चिनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।’

कार्यक्रममा अतिथिहरु नेपालका लागि बेलायती राजदुत निकोला पोलिट, अमेरिकी दुताबासका डेपुटी चिफ अफ दी मिसन म्यानुअल पी मिकालर जुनियर, अस्ट्रेलियन हिमालयन फाउन्डेसनका निर्देशक पिटर कन्सेललगायतले प्रतियोगिताका विजेतालाई पुरस्कृत गर्नुका साथै वातावरण प्रवद्र्धनका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज परिसरमा गुराँसका विरुवा गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो