चैत्र ६, २०८२ शुक्रबार | २०:००:११
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

स्वीडेनका हसलमार्कले जिते साहसिक हिमालयन एक्सट्राई ट्रायथलन

पोखरा । स्वीडेनका जोन हसलमार्कले पहिलो हिमालयन एक्सट्राई ट्रायथलनको उपाधि जितेका छन् ।

३.८ किमि पौडी, एक सय ८० किमि साइक्लिङ र ४० किमि दौड पुरा गर्नुपर्ने साहसिक हिमाली दौड हसलमार्कले समग्रमा १६ घण्टा ८ मिनेट १२ सेकेन्डमा पूरा गरे ।

उनले फेवातालमा सम्पन्न ३.८ किमि पौडी सक्न ४८ मिनेट ६ सेकेण्ड लगाएका थिए भने एक सय ८० किमि साइक्लिङ सक्न ६ घन्टा एक मिनेट ३१ सेकेण्ड र ४० किमि दौड पूरा गर्न नौ घन्टा १२ मिनेट ४३ सेकेण्ड लगाएका थिए ।

यस्तै, चेक गणतन्त्रका फिलिप सोल्क दोस्रो भए । उनले पौडी, साइक्लिङ र दौड १६ घण्टा २९ मिनेट २६ सेकेन्डमा पूरा गरे ।

चेक गणतन्त्रकै पिटर भाब्रोसेकले १६ घण्टा ४० मिनेट ५७ सेकेन्डको समयमा दौड पूरा गर्दै तेस्रो स्थानमा आउन सफल भए ।

यस खेलमा खेलाडीहरुले प्रतिस्पर्धामा लगाएको समयबाहेक उनीहरुले पौडीबाट साइक्लिङ र साइक्लिङबाट दौडिने स्थानमा पुग्ने समय पनि जोडिने गर्छ ।

‘यो प्रतियोगिता अन्य देशको भन्दा निकै कठिन र रोमाञ्चक थियो, यो प्रतियोगितामा सहभागिताले धेरै नयाँ कुरा सिक्ने र अनुभव गर्ने अवसर पाए,’ उपाधि जितेपछि स्वीडिस हसलमार्कले  भने ।

बिहान चार बजे पोखराको फेवातालबाट प्रतियोगिता शुरु भएको थियो । जहाँ खेलाडीहरुले ३.८ किमीको दूरी पौडेका थिए ।

त्यसपछि १८० किमिको साइकल दौड सुरु भएको थियो । साइकल रेस पोखरा भुपी शेरचन राजमार्ग हुँदै बाग्लुङको कालिका मन्दिर र त्यहाँबाट फर्केर पोखरा २५ हेम्जा मिलनचोक हुँदै कास्कीको माछापुच्छ्रे लुम्रेमा पुगेर टुंगिएको थियो ।

लुम्रेबाट ४० किमि उकाली ओरोली दौड शुरु भएको थियो। दौड पर्यटकिय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै फर्किएर कास्कीको माछापुच्छ्रे स्थित ल्वाङमा पुगेर अन्तिम दूरी पूरा गरेका थिए ।

नेपालबाट सहभागी सन्तोष राई १०औं स्थानमा आए । उनले पौडी, साइक्लिङ र दौड २० घन्टा ५८ मिनेट १० सेकेण्डमा पूरा गरे । रेसमा सहभागी नेपाली महिला खेलाडी सोनी गुरुङ केही मिनेट ढिला हुँदा मर्दी हिमालको ४ हजार मिटरको उचाई छुन भने असफल भइन् ।

‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ को साहसिक ट्रायथलन अन्तर्गतको यो ‘हिमालयन एक्सट्राई’ नेपालमा पहिलो पटक शुरु गरिएको हो ।

निकै साहसिक मानिने यो दौडमा प्रत्येक खेलाडीसँग सहयोगी समेत हुने गर्दछ ।

प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनका अनुसार प्रतियोगितामा विश्वका १७ देशका प्रतिस्पर्धीहरुले भाग लिएका थिए । उनीहरुका ३० जना सहयोगी गरी ४७ जना पोखरा आएका थिए । खेलाडीहरुले प्रतियोगिताका लागि करिव एक साता पोखरा रहेर अभ्यास समेत गरेका थिए ।

विजेता र सहभागि खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले पुरस्कार वितरण गरे ।

‘यो प्रतियोगिताले गण्डकी प्रदेशलाई चिनाउन सहयोग गरेको मात्रै छैन गण्डकी प्रदेश साहसिक खेलकुदको गन्तव्य हो भन्ने कुरालाई स्थापित गरेको छ,’ गुरुङले भने ।

प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनले नेपालमा पहिलो पटक आयोजना भएको यो प्रतियोगिता निकै सफल रहेको बताए ।

दुई वर्ष अघि आयोजना हुने तय भएको प्रतियोगिता कोभिड १९ महामारीका कारण स्थगित हुन पुगेको थियो ।

सन् २००३ बाट क्यानाडाबाट सुरु भएको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ युरोपसहित अमेरिका गरी १७ विभिन्न देशमा हरेक वर्ष आयोजना हुने गर्दछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो