माघ १८, २०८२ आइतबार | २३:४७:३६
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

र्याफ्टिङ र कायाकको राष्ट्रिय प्रतियोगिता सुरु

काठमाडौं । नेपाल र्याफ्टिङ तथा कनोइङ संघ र बाग्मती प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको सुकुटे विचमा सातौं राष्ट्रिय र्याफ्टिङ तथा ११औं राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसिप सुरु भएको छ ।

सुनकोशी नदिमा तीन दिनसम्म चल्ने प्रतियोगिता र्याफ्टिङमा १५ टोली र कायाकमा ४६ महिला तथा पुरुष खेलाडीले सहभागिता जनाइरहेका छन्।

प्रतियोगिताको पहिलो दिन दुई चरणको खेलपछि कायाकतर्फ गणेश गुरुङले अग्रता लिएका छन् । त्यस्तै विक्रम गुरुङ दोस्रो, रञ्जन कंडेल तेस्रो, सुरज गुरुङ चौथो तथा सुजन गुरुङ पाचौं स्थानमा छन् ।

 नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पुर्व पर्यटन, उद्योग तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए । 

उद्घाटन समारोहमा बाग्मती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्य भण्डारीले आगामी दिनहरुमा प्रतियोगिताको बजेट बृद्धि गर्ने बताए। प्रतियोगिता आयोजनाको लागि बाग्मती प्रदेशले ३० लाख रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै एसियाली राफ्टिङ तथा कनोइङ महासंघका अध्यक्ष शौतक सिकन्डले प्रतियोगितामा शीर्ष स्थानमा रहने महिला र पुरुषका दुई टोली आगामी सेप्टेम्बरमा भारतको मनिलामा हुने एसियन च्याम्पियनसिपमा छनोट हुने बताए ।

सिकन्डले यी खेलाडीहरुको सम्पुर्ण खर्च एसियाली महासंघले ब्यहोर्ने पनि  बताए । नेपाल र्याफ्टिङ तथा कनोइङ संघका कार्यबाहक अध्यक्ष राजीव श्रेष्ठले हरेक इभेन्टसमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः१५,१० र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जानकारी गराए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।