चैत्र ७, २०८२ शनिबार | २१:२३:१४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

र्याफ्टिङ र कायाकको राष्ट्रिय प्रतियोगिता सुरु

काठमाडौं । नेपाल र्याफ्टिङ तथा कनोइङ संघ र बाग्मती प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको सुकुटे विचमा सातौं राष्ट्रिय र्याफ्टिङ तथा ११औं राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसिप सुरु भएको छ ।

सुनकोशी नदिमा तीन दिनसम्म चल्ने प्रतियोगिता र्याफ्टिङमा १५ टोली र कायाकमा ४६ महिला तथा पुरुष खेलाडीले सहभागिता जनाइरहेका छन्।

प्रतियोगिताको पहिलो दिन दुई चरणको खेलपछि कायाकतर्फ गणेश गुरुङले अग्रता लिएका छन् । त्यस्तै विक्रम गुरुङ दोस्रो, रञ्जन कंडेल तेस्रो, सुरज गुरुङ चौथो तथा सुजन गुरुङ पाचौं स्थानमा छन् ।

 नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पुर्व पर्यटन, उद्योग तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए । 

उद्घाटन समारोहमा बाग्मती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्य भण्डारीले आगामी दिनहरुमा प्रतियोगिताको बजेट बृद्धि गर्ने बताए। प्रतियोगिता आयोजनाको लागि बाग्मती प्रदेशले ३० लाख रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै एसियाली राफ्टिङ तथा कनोइङ महासंघका अध्यक्ष शौतक सिकन्डले प्रतियोगितामा शीर्ष स्थानमा रहने महिला र पुरुषका दुई टोली आगामी सेप्टेम्बरमा भारतको मनिलामा हुने एसियन च्याम्पियनसिपमा छनोट हुने बताए ।

सिकन्डले यी खेलाडीहरुको सम्पुर्ण खर्च एसियाली महासंघले ब्यहोर्ने पनि  बताए । नेपाल र्याफ्टिङ तथा कनोइङ संघका कार्यबाहक अध्यक्ष राजीव श्रेष्ठले हरेक इभेन्टसमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः१५,१० र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जानकारी गराए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो