चैत्र ९, २०८२ सोमबार | १०:५५:१८
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

भिएनएलः जापान शीर्ष स्थानमा कायमै

मनिला । भलिबल नेसन्स कप २०२२ (भिएनएल) पुरुषतर्फ शीर्ष स्थानको जापानले अर्जेन्टिनालाई ३–१ को सेटमा पराजित गरेको छ ।

मंगलबार फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न खेलमा मंगलबार पुल–३ मा जापानले अर्जेन्टिनालाई २७–२५, २५–१८, १७–२५, २५–१६ को सेटमा हरायो । यो जितसँगै पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको जापान १३ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । अर्जेन्टिना पाँच खेलमा एक जित र चार हारसहित चार अंकका साथ १४औं स्थानमा छ ।

मंगलबारै बुल्गेरियाको राजधानी सोफियामा भएको पुल–४ को खेलमा क्यानडाले अस्ट्रेलियालाई १८–२५, २८–२६, २५–१९, २५–२२ को सेटमा हरायो । क्यानडा दुई जित र तीन खेलमा पराजित हुँदै पाँच अंकका साथ १२औं स्थानमा छ । पाँचै खेलमा हारसहित अंकविहीन रहेको अस्ट्रेलिया तालिकाको पुछारमा छ ।

यस्तै, बुल्गेरियाले इरानलाई २५–१९, २५–२३, २६–२४ को सोझो सेटमा हरायँदै तालिकाको १३औं स्थानमा बढेको छ । बुल्गेरियाले पाँच खेलमा एक जित र चार हारसहित पाँच अंक जोडेको छ । यता, इरान दुई जित र तीन हारसहित ६ अंकका साथ ११औं स्थानमा छ ।

बुधबार हुने ‘विक २’ अन्तर्गत पुल–३ को खेलमा चीन र फ्रान्स, जर्मनी र इटाली, ब्राजिल र पोल्यान्ड तथा सर्बिया र अमेरियाबीच प्रतिस्पर्धा हुँदैछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो