चैत्र १८, २०८२ बुधबार | १०:३८:०८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

टाइगर कपः एपिएफको फाइनल पुग्ने सम्भावना कायमै

काठमाडौं । आयोजक टाइगर ग्रुप पोखरामाथि शुक्रबार ३–१ को जित निकाल्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले टाइगर कप महिला तथा पुरूष राष्ट्रिय भलिबल प्रतियोगितामा आफ्नो फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

पोखरामा जारी प्रतियोगिताको महिलातर्फको दोस्रो खेलमा आयोजक टोलीलाई २५–१४, २५–२०, २३–२५, २८–२६ को सेटमा हरायो ।

जितसँगै चार खेलबाट आठ अंक जोडेको एपिएफ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेल्दासम्म जितविहिन रहेको टाइगर ग्रुप तालिकाको पुछारमा छ ।

यसअघि बिहीबार साविक विजेता नेपाल पुलिस क्लब र न्यु डाइमन्डको खेल लाइट प्रोटेस्टका कारण शुक्रबारका लागि सारिएको थियो ।

यी दुईबीचको खेल आजै हुने पुरूषतर्फको दुई खेलपछि सुरूआतबाट नै सञ्चालन हुने आयोजनकले जानकारी दिए ।

यसअघिको खेलमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले पुलिसलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । आर्मी नौं अंकका साथ शीर्ष स्थानमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो