चैत्र ४, २०८२ बुधबार | २०:५६:३७
करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने

खेलकुद मन्त्री भन्छन्- नेपाली भलिबल टोलीले एसियाड खेल्छ

काठमाडौं । नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले १९औं एसियाडमा सहभागिता जनाउने युवा तथा खेलकुद मन्त्रीले बताएका छन् ।

बुधबार बसेको मन्त्री परिषद्को बैठकले सन् २०१९ मा चीनमा हुने प्रतियोगितामा दुवै टोलीले सहभागी जनाउने निर्णय गरेको मन्त्री गहतराजले बताए । यस्तै स्वागत कार्यक्रममा खेलकुदमन्त्री गहतराजले भलिबलको आफ्नै इन्डोर कभर्डहल राष्ट्रिय खेलकुद परिषद्को हाताभित्रै बनाउने घोषणासमेत गरे ।

'महिला टोलीले लगातार दोस्रो पटक उपाधि जित्दा हामीलाई गर्व महसुस भएको छ । हिजो बसेको मन्त्री परिषदको बैठकले च्याम्पियन टोलीका खेलाडीलाई पाँच लाख, प्रशिक्षकलाई तीन लाख तथा अफिसियललाई दुई लाख रूपैयाँ दिने निर्णय गरेको छ,' उनले भने, 'राष्ट्रिय खेल भलिबलको आफ्नै कभर्डहल राखेपको हाताभित्रै बनाउने पनि निर्णय गरेका छौं । महिला तथा पुरुष टोलीले चीनमा हुने एसियाडमा सहभागी गराउने पनि निर्णय भएको छ । त्यसका लागि तयारी सुरु गरि हाल्नुहोस्, आज र भोलि आराम गरेर पर्सीबाट तयारी सुरु गर्नुहोस् ।'

बंगलादेशको ढाकामा सम्पन्न एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कप खेलेर बिहीबार पुरुष-महिला दुवै टोली नेपाल फर्किसकेका छन् ।

यस्तै महिला टोलीकी कप्तान अरुणा शाहीले सरकारको घोषणाबाट थप उत्साहित भएको प्रतिक्रिया दिइन् । महिला खेलाडीले प्रतियोगितामा अपराजित हुँदै दोस्रो पटक उपाधि जितेको थियो ।

यस्तै पुरुष टोली भने चार खेलमा दुई जित र दुई हार बेहोर्दै कुल पाँच टोलीमा चौथो स्थानमा सीमित भएको थियो ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं