काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेको छ ।
माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा मंगलबार पुलिसले ताजकिस्तानको डाइमेड भलिबल क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो ।
पुलिसले खेल २५-१५, २५-१२, २५-१४ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै तीन खेलमा नौ अंक जोडेको पुलिसले फाइनल सम्भावनालाई बलियो बनाएको छ । यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब र श्रीलंकाको श्रीलंका एयर फोर्सलाई समान ३–० को सेटमा पराजित गरेको थियो ।
तेस्रो पराजय ब्यहोरेको डाइमेड भने अंकविहिन छ । यसअघि डाइमेडले माल्दिभ्स पुलिस क्लब तथा हुमोसँग समान ३–० को सोझो सेटमा हार ब्यहोरेको थियो ।
पुलिसले चौथो खेलमा बिहीबार माल्दिभ्सको क्लब वाम्कोको सामना गर्नेछ ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO