काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।
माल्दिभ्सको राजधानी मालेमा सोमबार पुलिसले श्रीलंका एयर फोर्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
पुलिसले खेल २५-१६, २५-२०, २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
प्रतियोगिताका तेस्रो खेलमा पुलिसले मंगलबार ताजकिस्तानको भिसी डाइमेडसँग प्रतिस्पर्धा गर्नेछ ।
गत चैत्रमा सम्पन्न आठौं एनभिए महिला भलिबल लिगमा एभरेस्ट भलिबल क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको थियो । लिग विजेताको हैसियतामा पुलिसले काभा महिला क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाएको हो ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO