आश्विन ३, २०८१ बिहीबार | ०७:०३:५२
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको सान्दार सुरुआत

फाइल तस्विर

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा सान्दार सुुरुआत गरेको छ ।

माल्दिभ्सको राजधानी मालेमा जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा आइतबार पुलिसले उज्वेकिस्तानको हुमाे क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

पहिलो सेट २५-१९ ले जितेको पुलिसलाई हुमाेले दोस्रो सेटमा कडा चुनौती प्रस्तुत गरेको थियो । तर, पुलिस भाग्यशाली रहँदा दोस्रो सेट पनि २७-२५ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा पुलिसले पुनः एकपटक २५-१९ को जित निकाल्यो र प्रतियोगिताको सान्दार सुरुआत गर्यो ।

प्रतियोगिताको दोस्रो खेलमा पुलिसले सोमबार श्रीलंकाको एयर फोर्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने तेस्रो खेलमा असोज १ गते मंगलबार ताजकिस्तानी क्लब भिसी डाइमेड तथा समूह चरणको अन्तिम खेलमा पुलिसले असोज ४ गते माल्दिभ्सको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

गत चैत्रमा सम्पन्न आठौं एनभिए महिला भलिबल लिगमा एभरेस्ट भलिबल क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको थियो । लिग विजेताको हैसियतामा पुलिसले यस काभा महिला क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाएको हो ।

पुलिसले प्रतियोगिताका लागि भनेर राष्ट्रिय टोलीका नियमित स्पाइकरद्धय विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्नालाई अनुबन्ध गरेको थियो । त्यस्तै क्लबले उदीयमान मिडल ब्लकर सुमत्रा रेग्मीलाई पनि टोलीमा भित्र्याएको छ ।

क्लबको प्रशिक्षकमा रुपेश विष्ट छन् । त्यस्तै कमला पुन कप्तानको जिम्मेवारीमा छिन् ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024