काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को फ्रेन्चाइज टोली गण्डकी थन्डर्सले पहिलो विदेशी खेलाडीका रूपमा रसियन खेलाडी एलिसा रुबियकलाई अनुबन्ध गरेको छ ।
अपोजिट हिटर रुबियक रसिया र क्यानाडाको घरेलु लिगमा चर्चित अनुहार हुन् । उनले क्यानाडाको योर्क युनिभर्सीटीबाट लगातार दुई सिजन ओन्टारियो युनिभर्सीटी एथलेटिक्स प्रतियोगिता खेलेकी छन् ।
यसैगरी उनीसँग रसियाको भिस्चा लिग खेलेको अनुभव पनि छ ।
नेपाली राष्ट्रिय भलिबल टोलीकी प्रमुख खेलाडी सरस्वती चौधरी मार्की प्लेयर रहेको गण्डकीले रुपेशकुमार विष्टलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णालीले सहभागिता जनाउने छन् ।
अब गण्कीले दुई विदेशी ट्यालेन्ट हन्टबाट एक खेलाडी अनुबन्ध गर्न बाँकी छ ।
गण्डकी थन्डर्सको टोली
सुरस्वती चौधरी, प्रगति नाथ, कविता भट्ट, रीमा कुँवर, आरती चौधरी, स्नेहा ठगुन्ना, लक्ष्मी चन्द, सरस्वती जैसी, एलिसा रुबियक