काठमाडौं । माल्दिभ्समा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाल पुलिस क्लबको बिदाइ भएको छ ।
नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आइतबार टोलीलाई बिदाइ गरे । टोलीमा १२ खेलाडी र चार जना अफिसियल छन् ।
पुलिसले उक्त प्रतियोगिताका लागि मात्रै भनेर विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड युथ स्पोर्टस क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको ।
रुपेश विष्टको नेतृत्वमा रहेको पुलिसमा उषा भण्डारी, कमला पुन, पुनम चन्द, शान्तीकला तामाङ, कामना विष्टजस्ता राष्ट्रिय टोलीका खेलाडी छन् ।
प्रतियोगिता सेप्टेम्बर १४ देखि २० सम्म हुँदैछ ।
भिडियो
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC