आश्विन ३, २०८१ बिहीबार | ०६:४९:५९
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

कप्तान अरुणा सम्मानित

काठमाडौं । गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ ।

विश्वविद्यालयले एक कार्यक्रमका बिच अरुणालाई नगद २० हजार सहित सम्मान गरेको हो । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले पुरस्कार हस्तान्तरण गरे ।

अघिल्लो महिना काठमाण्डौमा सम्पन्न सेन्ट्रल एसियन जोन काभा महिला भलिबल नेसन्स लिगमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल राष्ट्रिय टिमकी कप्तान अरुणा गण्डकी विश्वविद्यालयकी छात्रा समेत हुन् । नेपालमा नै पहिलो पटक स्नातक तह खेलकुद व्यवस्थापन (विएसएम)मा अध्ययन–अध्यापन सुरु गरेको विश्वविद्यालयमा अरुणा पहिलो व्याचकी छात्रा समेत् हुन् । उनी हाल छैटौं सेमेस्टरमा अध्ययनरत छिन् ।

अरुणालाई सम्मान गर्दै मन्त्री थापाले नेपाली खेलकुदमा अरुणाले निरन्तर रुपमा प्राप्त सफलता प्रति वधाई दिंदै पछिल्लो समय नेपाली खेलकुदमा परिवर्तनका आभासहरु देखिन थालेको बताए । नेपाली महिला खेलाडीहरुले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको गौरव बढाउने कार्यमा महत्वपूर्ण रहेको उल्लेख गरे ।

विश्वविद्यालयका कुलपति प्रा.डा.गणेश मान गुरुङले विश्वविद्यालय आफ्नो स्थापनाको छोटो अवधिमा नै नेपाल भरी आकषर्ण बढाउन सफल रहेको र केही वर्षमा नै नेपालको उत्कृष्ट विश्वविद्यालयको रुपमा स्थापित हुनेमा आफू विश्वस्त रहेको बताए ।

विश्वविद्यालयले विभिन्न अनुशन्धान मुलक विषयहरुको खोजी गर्दै ति विषयहरुमा अध्यापन सुरु गरेको उनले जनाए । आफ्नो विश्वविद्यालयकी छात्रा अरुणाले अध्ययन संगै खेलकुदमा समेत महत्वपूर्ण सफलता प्राप्त गरेकोले विश्वविद्यालय परिवार निकै गौरवान्वित रहेको जनाउँदै गण्डकी प्रदेश सरकारले विश्वविद्यालयबाट उत्पादित हुने जनशक्तिलाई यथासिघ्र सरकारले निति निर्माण गरी उनीहरुलाई अवसर दिन ढिलाई गर्न नहुने बताए ।

कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा.नवराज देवकोटाले नेपाली खेलकुदको विकासका लागि स्नातक तहबाटै खेलकुद विषयमा खेलाडीहरुको पहुँच होस र उनीहरुले अवसर प्राप्त गर्न सकुन भन्ने अभिप्रायले विएसएम विषय सुरु गरेको बताउँदै आफ्नो विद्यार्थी अरुणाले अध्ययन संगै नेपाली खेलकुदमा गौरव बढाउने कार्य गर्न सफल भएकोमा बधाई दिए ।

कप्तान अरुणाले सम्मानका लागि विश्वविद्यालय प्रति आभार व्यक्त गर्दै खेलकुद संगै अध्यनन अपरिहार्य रहेको औंल्याइन । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हात पार्न समेत अध्ययन आवश्यक रहेको बताउँदै नेपाली खेलाडीहरुलाई विश्वविद्यालयले दिएको अवसरलाई लिन आग्रह समेत् गरिन ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024