आश्विन ३, २०८१ बिहीबार | ०६:४४:०६
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

महिला फ्रेन्चाइज भलिबल असोजमा

एभरेस्ट महिला भलिबल लिगका आयोजकहरु र नेपाल भलिबल स‌घका पदाधिकारीहरु लिग घोषणा कार्यक्रम दौरान ।

काठमाडौं । नेपाली भलिबलमा पहिलो पटक हुन लागेको महिला फ्रेन्चाइज लिगका लागि आयोजकले असोजको मिति तय गरेको छ ।

नेपाली भलिबलको इतिहासमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट महिला भलिबल लिग आगामी असोज १४ देखि १९ गतेसम्म हुने आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछन् । प्रतियोगिताका लागि आयोजकले यसअघि नै ६ फ्रेन्चाइज टिमको घोषणा गरिसकेको छ ।

जसअनुसार मधेश युनाइटेड, टिम काठमाडौं, टिम चितवन, टिम ललितपुर, टिम गण्डकी र टिम कर्णालीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

सहभागी सबै ६ टिमले आफ्ना मार्की खेलाडी पनि घोषणा गरिसकेका छन् । टिम गण्डकीले सरस्वती चौधरीलाई आफ्नो मार्की खेलाडीका रुपमा अनुबन्ध गर्दा काठमाडौंले उषा भण्डारी, मधेशले निरुता ठगुन्ना, ललितपुरले सलिना श्रेष्ठ, कर्णालीले सुमित्रा रेग्मी तथा चितवनले राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीलाई मार्की खेलाडी बनाएको छ ।

प्रतियोगिताका लागि सबै फ्रेन्चाइज टिमले तीन जनाका दरले विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन् । तर अहिलेसम्म मधेशबाहेक अरु टिमले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छैनन् । मधेशले काजकिस्तानकी स्पाइकर कालिनोभा यमजिनिया र ट्युनिसियाकी योस्रा जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024