माघ २, २०८१ बुधबार | १२:४०:२६
नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि

अन्तर्राष्ट्रिय पदक विजेता भलिबल टोली सम्मानित

सम्मानित भलिबल टोली

काठमाडौं । नेपाल भलिबल संघले सेन्ट्रल एसियन भलिबल संघ (काभा) का विभिन्न प्रतियोगितामा पदक जितेका चार टोलीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

संघले काभा बिच भलिबलको स्वर्ण र रजत, महिला भलिबल नेसन्स लिगको रजत र यु२० महिला भलिबल च्याम्पियनसिपको कांस्य पदक विजेता टोलीलाई सम्मान गर्यो ।

घरेलु भूमीमै सम्पन्न काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको नेपाली टोलीका सदस्यलाई जनही १ लाख २ हजार  रुपैयाँ प्रदान गरियो ।

टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले पनि १ लाख २ हजार रुपैयाँ प्राप्त गरे । 

यस्तै सहायक प्रशिक्षक भरत यादवलाई ९२ हजार तथा फिजियो लोकेन्द्र कुँवर र व्यस्थापक निलम बज्राचार्यलाई जनही ८२ हजार रुपैयाँ प्रदान गरियो ।

भुटानमा भएको काभा बिच भलिबलमा नेपालको महिला टोलीले स्वर्ण र पुरुष टोलीले रजत पदक जितेका थिए । 

स्वर्ण विजेता कमला पुन र मनिषा चौधरीले जनही ६० हजार तथा रजत विजेता मानबहादुर श्रेष्ठ र दिल बहादुरसुनारले समान ३० हजार रुपैयाँ प्राप्त गरे ।

दुवै टिमको प्रशिक्षक रहेका रुपेश विष्टलाई ४० हजार रुपैयाँ प्रदान गरियो ।

यस्तै माल्दिभ्समा भएको काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा कांस्य पदक विजेता टोलीले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, सहाना प्रधान स्मृति फाउन्डेसनकी अध्यक्ष रामकुमारी झाँक्रीलगायतले पुरस्कार वितरण गरेका थिए ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO