माघ १६, २०८२ शुक्रबार | ११:०२:४९
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

नेपाल पाँचौं सेटमा स्तब्ध

फाइल तस्विर

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा घरेलु टोली नेपालले पहिलो पराजय ब्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार नेपाल इरानसँग ३-२ को सेटमा पराजित भयो ।      

 नेपालले खेल १६-२५, २५-१६, २३-२५, २५-१५, १३-१५ ले गुमायो । 

खराब प्रदर्शन गर्दै पहिलो सेट गुमाएको नेपालले उत्कृष्ट पुनरागमनका साथ दोस्रो सेट आफ्नो पक्षमा पार्दै खेललाई बारबरीमा ल्याएको थियो ।

कडा चुनौती दिए पनि तेस्रो सेटमा नेपाल पराजित हुन पुग्यो । कुनै समय ८-१० ले पछि परेको अवस्थाबाट लगातर ६ अंक जोड्दै नेपालले १४-१० अग्रता लिएको थियो । तर त्यसपछि इरानले लगातार पाँच अंक जोड्दै १५-१४ को अग्रता बनायो ।

चौथो सेटमा एकतर्फी जित निकाल्दै नेपालले खेललाई पाँचौं सेटसम्म लम्बायो ।

पाँचौं सेटमा कडा प्रतिस्पर्धा दिए पनि नेपाल स्तब्ध बन्न पुग्यो । अन्त्यतिर८-१२ को स्थिती रहँदा लगातार तीन अंक जोड्दै नेपालले खेलमा फर्किने संकेत दिएको थियो । तर यो नेपाललाई जित दिलाउन पर्याप्त बन्न सकेन ।  

पराजयसँगै नेपालले तीन खेलमा ६ अंक जोडेको छ । यसअघि नेपालले श्रीलंकालाई ३-० र भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

लगातार तेस्रो जित निकालेको इरानले चार खेलबाट सात अंक जोडेको छ । पहिलो सेटमा भारतसँग ३-१ को सेटमा पराजित भएको इरानले त्यसपछि श्रीलंकालाई ३-२ र माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो ।

नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार माल्दिभ्सको सामना गर्नेछ । आइतबार नै सम्पन्न खेलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।