फाल्गुन २९, २०८२ शुक्रबार | २१:३३:२९
ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी

नेपाल पाँचौं सेटमा स्तब्ध

फाइल तस्विर

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा घरेलु टोली नेपालले पहिलो पराजय ब्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार नेपाल इरानसँग ३-२ को सेटमा पराजित भयो ।      

 नेपालले खेल १६-२५, २५-१६, २३-२५, २५-१५, १३-१५ ले गुमायो । 

खराब प्रदर्शन गर्दै पहिलो सेट गुमाएको नेपालले उत्कृष्ट पुनरागमनका साथ दोस्रो सेट आफ्नो पक्षमा पार्दै खेललाई बारबरीमा ल्याएको थियो ।

कडा चुनौती दिए पनि तेस्रो सेटमा नेपाल पराजित हुन पुग्यो । कुनै समय ८-१० ले पछि परेको अवस्थाबाट लगातर ६ अंक जोड्दै नेपालले १४-१० अग्रता लिएको थियो । तर त्यसपछि इरानले लगातार पाँच अंक जोड्दै १५-१४ को अग्रता बनायो ।

चौथो सेटमा एकतर्फी जित निकाल्दै नेपालले खेललाई पाँचौं सेटसम्म लम्बायो ।

पाँचौं सेटमा कडा प्रतिस्पर्धा दिए पनि नेपाल स्तब्ध बन्न पुग्यो । अन्त्यतिर८-१२ को स्थिती रहँदा लगातार तीन अंक जोड्दै नेपालले खेलमा फर्किने संकेत दिएको थियो । तर यो नेपाललाई जित दिलाउन पर्याप्त बन्न सकेन ।  

पराजयसँगै नेपालले तीन खेलमा ६ अंक जोडेको छ । यसअघि नेपालले श्रीलंकालाई ३-० र भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

लगातार तेस्रो जित निकालेको इरानले चार खेलबाट सात अंक जोडेको छ । पहिलो सेटमा भारतसँग ३-१ को सेटमा पराजित भएको इरानले त्यसपछि श्रीलंकालाई ३-२ र माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो ।

नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार माल्दिभ्सको सामना गर्नेछ । आइतबार नै सम्पन्न खेलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो । 
 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video