चैत्र १३, २०८२ शुक्रबार | ०५:५४:५८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

फाइल फोटो

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शुक्रबार निकै रोमाञ्चक दोस्रो तथा अन्तिम सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३-२ सेटको रोमाञ्चक जित निकाल्यो ।

पहिलो सेट १८-२५ ले गुमाएको आर्मीले दोस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको थियो ।

निकै रोमाञ्चक तेस्रो सेट २४-२६ ले पछि परेको आर्मीले चौथो सेटमा २५-१३ को सहज जित निकाल्दै खेललाई पाचौं सेटसम्म लम्बायो । पाँचौं तथा निर्णायक सेटमा १५-१३ को जित निकाल्दै आर्मीले फाइनल यात्रा तय पर्यो ।

आर्मीले उपाधिका लागि साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लबको सामना गर्नेछ ।

हेल्प नेपालले शुक्रबार नै  गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो। हेल्प नेपालले खेल २५-१९, २७-२५, २५-१९ ले आफ्नो पक्षमा पार्यो ।

यसैगरी शुक्रबार नै न्यु डायमन्ड स्पोर्टस क्लबमाथि २५-२२, २३-२५, २५-१४, २५-२१ ले जित निकाल्दै एपिएफ क्लबले महिलातर्फ तेस्रो स्थान हासिल गर्यो ।

महिला तथ पुरुष दुवैतर्फको फाइनल शनिबार हुनेछ । महिलातर्फ नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब उपाधिका लागि भिड्ने छन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो