काठमाडौं । उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै आयोजक श्रीलंका सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपको च्याम्पियन बनेको छ ।
कोलम्बोस्थित सुगाथादास इन्डोर रंगशालामा आइतबार सम्पन्न खेल श्रीलंकाले २५-१४, २५-१८, २५-२३ ले आफ्नो पक्षमा पारेको थियो ।
यसैगरी आइतबार नै सम्पन्न खेलमा साउदी अरेबियालाई २५-१४, २५-१६, २५-१८ ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो ।

प्रतियोगितामा नेपालले पाँच खेल खेल्दा दुई जित र तीन हारको नतिजा निकाल्यो । बंगालादेशलाई ३-१ र अफगानिस्तानलाई ३-२ को सेटमा हराएको नेपाल श्रीलंका र उज्वेकिस्तानसँग समान ३-० र साउदी अरेबियासँग ३-२ को सेटमा स्तब्ध बनेको थियो ।
प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, साउदी अरेबिया, उज्वेकिस्तान सहभागी थिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
