काठमाडौं । उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै आयोजक श्रीलंका सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपको च्याम्पियन बनेको छ ।
कोलम्बोस्थित सुगाथादास इन्डोर रंगशालामा आइतबार सम्पन्न खेल श्रीलंकाले २५-१४, २५-१८, २५-२३ ले आफ्नो पक्षमा पारेको थियो ।
यसैगरी आइतबार नै सम्पन्न खेलमा साउदी अरेबियालाई २५-१४, २५-१६, २५-१८ ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो ।

प्रतियोगितामा नेपालले पाँच खेल खेल्दा दुई जित र तीन हारको नतिजा निकाल्यो । बंगालादेशलाई ३-१ र अफगानिस्तानलाई ३-२ को सेटमा हराएको नेपाल श्रीलंका र उज्वेकिस्तानसँग समान ३-० र साउदी अरेबियासँग ३-२ को सेटमा स्तब्ध बनेको थियो ।
प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, साउदी अरेबिया, उज्वेकिस्तान सहभागी थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
