काभा पुरुष च्यालेन्ज कप

काभा च्यालेन्ज कपः नेपालको पहिलो प्रतिस्पर्धी बंगलादेश

फाइल फोटो

काठमाडौं । नेपालले बंगलादेशसँग खेल्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन( काभा) पुरुष च्यालेन्ज कपको सुरुआत गर्ने भएको छ ।

नेपाल र बंगलादेशबीचको खेल अक्टोरबर ९ मा हुनेछ । श्रीलंकामा अक्टोबर ९ देखि १५ सम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, साउदी अरेबिया, उज्वेकिस्तान सहभागी छन् ।

यसैगरी नेपाल अक्टोबर १० मा आयोजक श्रीलंका, ११ मा अफगानिस्तान, १२ मा साउदी अरेबिया, १३ मा उज्वेकिस्तानको सामना गर्नेछ ।

सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।