भलिबल

सलिना शेरबहादुर स्मृति स्पेशल अवार्डबाट सम्मानित

फाइल फोटो

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोली तथा न्यू डायमण्ड युथ स्पोर्ट क्लबकी लिबेरो सलिना श्रेष्ठ शेरबहादुर स्मृति स्पेशल अवार्डबाट सम्मानित भएकी छन् ।

सलिनालाई छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले शनिबार ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

सलिनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले सम्मान गरेका थिए ।

घरेलु प्रतियोगितामा न्यु डायमन्डका लागि उत्कृष्ट प्रर्दन गर्दै आएकी सलिनाले २०१९ मा बंगलादेशमा भएको पहिलो एभिसी एसियन सिनियर महिला भलिबल प्रतियोगिताबाट महिला राष्ट्रिय टोलीका लागि डेब्यू गरेकी थिइन् ।