काठमाडौं । विश्व नम्बर एक जानिक सिनरविरुद्ध ३-२ सेटको पुनरागमन जित निकाल्दै कार्लोस अल्कारेजले वर्षको दोस्रो गान्ड स्लाम फ्रेन्च ओपनको पुरुष एकलतर्फको उपाधि रक्षा गरेका छन् ।
फाइनलमा दोस्रो वरियताको स्पेनिस स्टार अल्कारेजले इटालिका सिनरविरुद्ध दुई सेटले पछि परेको अवस्थालाई उल्टाउँदै जित निकाले ।
सुरुआती दुई सेट ४-६, ६-७ (४-७) ले गुमाएका अल्कारेजले त्यसपछिका तीन सेट ६-४, ७-६ (७-३, ७-६(१०-२) ले आफ्नो पक्षमा पारे ।
अल्कारेज लगातार दोस्रो पटक च्याम्पियन बनेका हुन् । अल्कारेजले लोरेन्जो मुसेट्टी तथा सिनरले नोभाक जोकोभिचलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।
यसैगरी महिला एकलतर्फको उपाधि अमेरिकी स्टार कोको गौफले आफ्नो पक्षमा पारिन् । पहिलो पटक च्याम्पियन बनेकी गौफले आर्यना साबालेन्कालाई ६-७ (५-७), ६-२, ६-४ ले पराजित गरिन् ।
भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
