काठमाडौं । विश्व नम्बर एक जानिक सिनरविरुद्ध ३-२ सेटको पुनरागमन जित निकाल्दै कार्लोस अल्कारेजले वर्षको दोस्रो गान्ड स्लाम फ्रेन्च ओपनको पुरुष एकलतर्फको उपाधि रक्षा गरेका छन् ।
फाइनलमा दोस्रो वरियताको स्पेनिस स्टार अल्कारेजले इटालिका सिनरविरुद्ध दुई सेटले पछि परेको अवस्थालाई उल्टाउँदै जित निकाले ।
सुरुआती दुई सेट ४-६, ६-७ (४-७) ले गुमाएका अल्कारेजले त्यसपछिका तीन सेट ६-४, ७-६ (७-३, ७-६(१०-२) ले आफ्नो पक्षमा पारे ।
अल्कारेज लगातार दोस्रो पटक च्याम्पियन बनेका हुन् । अल्कारेजले लोरेन्जो मुसेट्टी तथा सिनरले नोभाक जोकोभिचलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।
यसैगरी महिला एकलतर्फको उपाधि अमेरिकी स्टार कोको गौफले आफ्नो पक्षमा पारिन् । पहिलो पटक च्याम्पियन बनेकी गौफले आर्यना साबालेन्कालाई ६-७ (५-७), ६-२, ६-४ ले पराजित गरिन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
