काठमाडौं । विश्व नम्बर एक आर्यना साबालेन्काविरुद्ध २-१ को जित निकाल्दै दोस्रो वरियताकी कोको गौफ वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको महिला एकलतर्फ च्याम्पियन बनेकी छन् ।
फाइनलमा अमेरिकी स्टार गौफले बेलारुसीकी साबालेन्काविरुद्ध एक सेटले पछि परेको अवस्थालाई उल्टाउँदै जित निकालिन् ।
पहिलो सेट ६-७ (५-७) ले गुमाएकी गौफले त्यसपछिका दुई सेट ६-२, ६-४ ले आफ्नो पक्षमा पारिन् ।
गौफले पहिलो पटक फ्रेन्च ओपनको उपाधि जितेकी हुन् । यसैगरी १० वर्षपछि अमेरिकी खेलाडीले यो उपाधि उचालेको हो । पछिल्लो पटक सन् २०१५ मा सेरेना विलियम्स च्याम्पियन बनेकी थिइन् ।
गौफले लोइस बोइसन तथा साबालेन्काले इगा स्वायटेकलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
