चैत्र १३, २०८२ शुक्रबार | ०५:५१:२६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

आइटिएफ जे-३० प्रतियोगिता सोमबारबाट सुरु हुँदै

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा (सोमबार)बाट आइटिएफ वर्ल्ड टेनिस टुर जे-३० सर्किट सुरु हुने भएको छ ।

मंसिर २९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो सर्किट सोमबारबाट हुने र प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको कास्की टेनिसका सचिव भिष्मराज पौडेलले जानकारी दिए  ।

प्रतियोगिताको प्रचार प्रसार संयोजक प्रीति बरालका अनुसार सर्किट-१ मा १० देशका ७० पुरुष र ३५ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सहभागि देशहरुमा नेपालसहित जापान, भारत, चीन, अमेरिका, न्युजिल्यान्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका छन् ।  

ब्वाइज/ गर्ल्स  सिंगल तथा डबल्स गरि चार विधामा प्रतियोगिता संचालन हुनेछ । जसमा विजेता र उपविजेताले प्रमाण पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

१३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिस्पर्धाका विजेताले समान ३०, उपविजेताले १८ अंक, सेमिफाइनलमा पुग्नेले ९, क्वार्टरफाइनलबाट बाहिरिनेले पाँच र अन्तिम १६ मा पुग्नेले दुई अंक प्राप्त गर्नेछन् । .

त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिस्टले ६ अंक, क्वाटर फाइनालिस्टले तीन अंक प्राप्त गर्नेछन् ।

प्रतियोगिता निर्देशक अजय विष्टले पुरुषतर्फ शीर्ष वरियाताका जापानी खेलाडी रिकु हिगासी र चौथो वरियताका नेपाली खेलाडी आरभसम्राट हाडा र महिलातर्फ विश्न नम्बर एक भारतिय खेलाडी माहिका खन्ना र छैटौं वरियाताकी नेपाली खेलाडी सुनिरा थापाको सहभागिता हुने जानकारी दिए ।


प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च हुने कास्की टेनिसका कोषाध्यक्ष विष्णु थापाले जानकारी दिंदै सहयोगका लागि प्रदेश सरकार, प्रदेश खेलकुद परिषद र पोखरा महानगर संग आग्रह गरिएको बताए ।

प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्ने तय भएको कास्की टेनिसले जनाएको छ ।

सर्किट १  सकिने बित्तिकै सर्किट २ का प्रतिस्पर्धा सुरु हुनेछन् । 
                                                 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो