माघ ४, २०८२ आइतबार | १२:३६:५८
पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै

भ्याली स्लाम टेनिसः कमल थापालाई दोहोरो स्वर्ण

फाइल तस्विर

काठमाडौं । कमल थापाले भ्याली स्लाम टेनिस प्रतियोगिताको ५५ वर्षमाथि र ६५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको ५५ वर्षमाथि फाइनलमा कमलले मनोजविक्रम शाहलाई ६-४, ७-५ तथा ६५ वर्षमाथिको  फाइनलमा ध्रुव गुरुङलाई ६-३, ६-० ले हराए ।

पुरुष डबल्समा प्रणव मानन्धर र राजवीर प्रधानको जोडीले स्वर्ण पदक जिते  । उक्त जोडीले फाइनलमा प्रणव खनाल र सक्षमविक्रम शाहको जोडीलाई ६-४, ६-१ ले निरास बनायो । ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र इलम दीक्षितको जोडी सन्तोष खत्री र सुवास बस्न्यातको जोडीलाई ६-४, ४-६,१०-७ ले हराउँदै पहिलो भयो ।

४५ वर्षमाथि पुरुष डबल्स फाइनलमा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले रोहित सुनुवार र हिमाल शाहको जोडीमाथि ६-३, ७-५ को जित दर्ता गरे । ५५ वर्षमाथि पुरुष डबल्समा पनि चन्द्रले स्वर्ण पदक जिते । उनले उत्तम शेर्पासँग मिलेर मनोज राणा र डेगेन्द्र श्रेष्ठको जोडीलाई ६-२, ६-४ ले हराए ।

६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र ध्रुव गुरुङको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा विदुर विष्ट र भिक्टर राणाको जोडीको चुनौती ४-६, ६-२, १३-११ ले पन्छाए ।

पुरुष सिंगल्सको उपाधिका लागि प्रदीप खड्का र प्रणव मानन्धर भिड्ने भएका छन् । प्रदीपले प्रणव खनाललाई ६-१,६-३ तथा प्रणवले निसान श्रेष्ठलाई ६-२, ५-७, ६-३ को सेटमा पराजित गरे ।

४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा कमलबहादुर भण्डारीले रोहित सुनुवारलाई ६-३, ६-३ ले हराउँदै स्वर्ण हात पदक पारे ।

महिला सिंगल्समा अभिलाषा विष्ट र सुनिरा थापा उपाधिका लागि भिड्ने छन् ।सेमिफाइनलमा अभिलाषाले स्वस्तिका बिष्टलाई ६-२,६-४ तथा सुनिराले आइशा डोल्कर गुरुङलाई ६-०, ६-१ को सोझो सेटमा हराए ।

३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले भीष्मजंग गुरुङलाई ६-१ , ६-२ तथा सन्तोष खत्रीले सिमान्त गुरुङलाई ६-२, ६-३ को सोझो सेटमा पराजित गरे ।

प्रतियोगिता सोमबार समपन्न हुनेछ ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate