चैत्र १२, २०८२ बिहीबार | १७:१५:४८
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

भ्याली स्लाम टेनिसः कमल थापालाई दोहोरो स्वर्ण

फाइल तस्विर

काठमाडौं । कमल थापाले भ्याली स्लाम टेनिस प्रतियोगिताको ५५ वर्षमाथि र ६५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको ५५ वर्षमाथि फाइनलमा कमलले मनोजविक्रम शाहलाई ६-४, ७-५ तथा ६५ वर्षमाथिको  फाइनलमा ध्रुव गुरुङलाई ६-३, ६-० ले हराए ।

पुरुष डबल्समा प्रणव मानन्धर र राजवीर प्रधानको जोडीले स्वर्ण पदक जिते  । उक्त जोडीले फाइनलमा प्रणव खनाल र सक्षमविक्रम शाहको जोडीलाई ६-४, ६-१ ले निरास बनायो । ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र इलम दीक्षितको जोडी सन्तोष खत्री र सुवास बस्न्यातको जोडीलाई ६-४, ४-६,१०-७ ले हराउँदै पहिलो भयो ।

४५ वर्षमाथि पुरुष डबल्स फाइनलमा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले रोहित सुनुवार र हिमाल शाहको जोडीमाथि ६-३, ७-५ को जित दर्ता गरे । ५५ वर्षमाथि पुरुष डबल्समा पनि चन्द्रले स्वर्ण पदक जिते । उनले उत्तम शेर्पासँग मिलेर मनोज राणा र डेगेन्द्र श्रेष्ठको जोडीलाई ६-२, ६-४ ले हराए ।

६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र ध्रुव गुरुङको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा विदुर विष्ट र भिक्टर राणाको जोडीको चुनौती ४-६, ६-२, १३-११ ले पन्छाए ।

पुरुष सिंगल्सको उपाधिका लागि प्रदीप खड्का र प्रणव मानन्धर भिड्ने भएका छन् । प्रदीपले प्रणव खनाललाई ६-१,६-३ तथा प्रणवले निसान श्रेष्ठलाई ६-२, ५-७, ६-३ को सेटमा पराजित गरे ।

४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा कमलबहादुर भण्डारीले रोहित सुनुवारलाई ६-३, ६-३ ले हराउँदै स्वर्ण हात पदक पारे ।

महिला सिंगल्समा अभिलाषा विष्ट र सुनिरा थापा उपाधिका लागि भिड्ने छन् ।सेमिफाइनलमा अभिलाषाले स्वस्तिका बिष्टलाई ६-२,६-४ तथा सुनिराले आइशा डोल्कर गुरुङलाई ६-०, ६-१ को सोझो सेटमा हराए ।

३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले भीष्मजंग गुरुङलाई ६-१ , ६-२ तथा सन्तोष खत्रीले सिमान्त गुरुङलाई ६-२, ६-३ को सोझो सेटमा पराजित गरे ।

प्रतियोगिता सोमबार समपन्न हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो