माघ १८, २०८२ आइतबार | १२:१०:५९
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

भ्याली स्लाम टेनिसः प्रदीप र बोरिस क्वार्टरफाइनलमा

प्रदीप खड्का, फाइल तस्विर ।

काठमाडौं । प्रदीप खड्का र बोरिस अधिकारी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रदीपले प्रणव वैद्यलाई ६-१,६-० हराउँदा बोरिसले युगेन शेर्पाबाट वाकओभर प्राप्त गरे

पहिलो सेट ४-६ ले गुमाएका बोरिसले दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा परेका थिए । तेस्रो सेटमा बोरिस ४-० ले अगाडि रहेको अवस्थामा घाइते भएपछि युगेनले खेल त्याग्ने निर्णय लिएका थिए ।

सोही स्पर्धामा निहालजंगबहादुर थापाले मुकिम थापालाई ६-०, ६-०, सक्षमविक्रम शाहले निजेज महर्जनलाई ७-६(७-३),६-२, प्रणव खनालले वृजेश अर्याललाई ६-३,६-०, प्रणव मानन्धरले देवआशिष रेउलेलाई देवआशिष रेउलेलाई ६-२, ६-२, राजवीर प्रधानले आयुशमान हजुर घलेलाई ५-७, ७-५,६-० तथा निसान श्रेष्ठले मिलन रोकायालाई ६-४,६-१ को सेटमा हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

महिला सिंगल्समा अभिलाषा विष्टले प्रकृति श्रेष्ठलाई ६-२,६-२, स्वस्तिका विष्टले प्राज्ना मानन्धरलाई ६-४,६-०, आइसा डोल्कर गुरुङले प्रशंसा मोक्तानलाई ६–४,६-४ तथा सुनिरा थापाले जेनी खड्कालाई ६-२,६-४ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुगे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, रमेश रोकाया, छेवाङ लामा, मनबहादुर कटुवाल, कमलबहादुर भण्डारी, जिन मन किम, महेश श्रेष्ठ र जितेन्द्र परियार क्वाटरफाइनलमा पुग्न सफल भए ।

३५ वर्षमाथि पुरुष सिंगल्समा इलम दिक्षित, कुशलराज पाण्डे, भीष्मजंग गुरुङ, सिमान्त गुरुङ, छोमविक्रम शाह र सन्तोष खत्रीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा सुनिल गुरुङले क्वार्टरफाइनल यात्रा तय गरे ।

पुरुष डबल्समा प्रदीप खड्का र युगेन शेर्पा, प्रणव खनाल र सक्षमविक्रम शाह तथा निहालजंगबहादुर थापा र आयुशमान हजुर घलेको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।