चैत्र १५, २०८२ आइतबार | २१:१०:३५
चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित

भ्याली स्लाम टेनिसः प्रदीप र बोरिस क्वार्टरफाइनलमा

प्रदीप खड्का, फाइल तस्विर ।

काठमाडौं । प्रदीप खड्का र बोरिस अधिकारी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रदीपले प्रणव वैद्यलाई ६-१,६-० हराउँदा बोरिसले युगेन शेर्पाबाट वाकओभर प्राप्त गरे

पहिलो सेट ४-६ ले गुमाएका बोरिसले दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा परेका थिए । तेस्रो सेटमा बोरिस ४-० ले अगाडि रहेको अवस्थामा घाइते भएपछि युगेनले खेल त्याग्ने निर्णय लिएका थिए ।

सोही स्पर्धामा निहालजंगबहादुर थापाले मुकिम थापालाई ६-०, ६-०, सक्षमविक्रम शाहले निजेज महर्जनलाई ७-६(७-३),६-२, प्रणव खनालले वृजेश अर्याललाई ६-३,६-०, प्रणव मानन्धरले देवआशिष रेउलेलाई देवआशिष रेउलेलाई ६-२, ६-२, राजवीर प्रधानले आयुशमान हजुर घलेलाई ५-७, ७-५,६-० तथा निसान श्रेष्ठले मिलन रोकायालाई ६-४,६-१ को सेटमा हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

महिला सिंगल्समा अभिलाषा विष्टले प्रकृति श्रेष्ठलाई ६-२,६-२, स्वस्तिका विष्टले प्राज्ना मानन्धरलाई ६-४,६-०, आइसा डोल्कर गुरुङले प्रशंसा मोक्तानलाई ६–४,६-४ तथा सुनिरा थापाले जेनी खड्कालाई ६-२,६-४ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुगे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, रमेश रोकाया, छेवाङ लामा, मनबहादुर कटुवाल, कमलबहादुर भण्डारी, जिन मन किम, महेश श्रेष्ठ र जितेन्द्र परियार क्वाटरफाइनलमा पुग्न सफल भए ।

३५ वर्षमाथि पुरुष सिंगल्समा इलम दिक्षित, कुशलराज पाण्डे, भीष्मजंग गुरुङ, सिमान्त गुरुङ, छोमविक्रम शाह र सन्तोष खत्रीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा सुनिल गुरुङले क्वार्टरफाइनल यात्रा तय गरे ।

पुरुष डबल्समा प्रदीप खड्का र युगेन शेर्पा, प्रणव खनाल र सक्षमविक्रम शाह तथा निहालजंगबहादुर थापा र आयुशमान हजुर घलेको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो