माघ ८, २०८२ बिहीबार | ०४:४४:११
भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग

मलेसिया जाने पारा तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं । मलेसियाको कुचिङमा हुने १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, सदस्य हिमालकुमार श्रेष्ठ र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सोमबार पाँच खेलाडी सहित सात सदस्यीय टोलीको बिदाइ गरे ।

नेपाली खेलाडीले साउन १६ गते प्रतिस्पर्धा गर्नेछन् । टोली मंगलबार मलेसियाको सरावक प्रस्थान गर्नेछ ।

पाँचै खेलाडीले के-४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ५८ केजीमुनिमा ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनिमा अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै महिला ५७ केजीमुनिमा पेरिस पाराओलम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोबर्धन तथा ४७ केजीमुनिमा कामना प्रसाईं र रेणु तामाङले खेल्ने छन् ।

चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यतैबाट मलेसिया जाने छिन् ।

कविराज नेगी लामा यो प्रतियोगितामा पनि प्रशिक्षकको भूमिकामा छन् । यस्तै व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ छन् ।

प्रशिक्षक लामाले वरियता सुधार गर्न प्रतियोगता महत्वपूर्ण भएको बताए ।

नेपालले सुरुको संस्करणदेखि निरन्तर प्रतियोगितामा सहभागिता जनाउदै आएको छ । हालसम्म नेपालले एक रजत र पाँच कांस्य गरि ६ पदक जितेको प्रशिक्षक लामाले जनाएका छन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate