कार्तिक २२, २०८२ शनिबार | १३:२४:४३
‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण

आइओएफटिसीको १५औं संस्करण काठमाडौंमा हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । आइओएफटिसी नेपाल च्याप्टरको आयोजनमा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १५औं संस्करण काठमाडौंमा हुने भएको छ ।

आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी डिसेम्बर १८ देखि २० सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने  जानकारी दिएकाे हाे ।  

अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा आयोजना गर्ने इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर हुँदै आएको छ ।

यस पटक अमेरिकामा हुनुपर्ने भए पनि रजत जयन्तीका अवसर पारेर नेपालमै प्रतियोगिता आयोजन गर्न लागिएको आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले जानकारी दिए ।

प्रतियोगिताको गत संस्करण दक्षिण कोरियाको सोलमा भएको थियो ।

हालसम्म पोर्टल्यान्डमा पाँच, नेपालमा चार तथा भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगन र दक्षिण कोरियामा समान एक संस्करणको आयोजना

प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, क्यानाडा, पाकिस्तान,अस्ट्रिया ,भारत, हङकङ, चिन, मेक्सिको  माल्दिभ्सलगायतका देशको सहभागिता रहनेछ । आयोजकले प्रतियोगितामा करीब सात सयभन्दा बढी खेलाडीले भाग लिने अपेक्षा गरेको छ ।

प्रतियोगितामा सिनियर पुरुष र महिलाको समान आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष तथा क्याडेटतर्फ समान १० तौल समूह समवेश गरिएको छ ।

पुम्सेमा सिनियर, जुनियर र क्याडेटतर्फ व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक प्रतियोगितामा बोर्ड ब्रेकिड इभेन्ट पनि सामेल छ

प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र १३० कांस् पदकका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदकको ब्यवस्था गरिएको छ ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।