काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा हुने पाराओलम्पिकमा सहभागिता जनाउने तेक्वान्दो टोलीको बिदाइ भएको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले मंगलबार खेलाडी पलेशा गोवर्धन र भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा तथा टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई बिदाइ गरे ।
पाराओलम्पिकमा सहभागी हुनअघि टोलीले बेलायतको म्यानचेस्टरमा विशेष प्रशिक्षण गर्नेछ। उक्त प्रशिक्षणपश्चात टोली फ्रान्स प्रस्थान गर्नेछ ।
भरतले अगस्ट २९मा के-४४, पुरुष ५८ केजीमुनि तौल समूह तथा पलेशाले अगस्ट ३० मा के-४४, महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin