जयवागेश्वरी । काठमाडौं महानगरपालिका वडा नं ८ ले पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धन तथा प्रमुख प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ ।
वडा-८ ले बुधबार दुवैलाई समान ५१ हजार रूपैयाँसहित सम्मान गरेको हो ।
वडा-८ का वडाअध्यक्ष आशामान संगतले काठमाडौं महानगरपालिकाकी चेलीले नेपाल र नेपालीको पहिचानलाई विश्वमाझ पुर्याउन सफल भएको धारणा राखे ।
त्यस्तै प्रशिक्षक लामाले सम्मान गरेकोमा वडा परिवारप्रति धन्यवाद ब्यक्त गरे ।
पलेशाले पदक जित्न गाह्रो भए पनि सबैको साथ र सहयोग पाए अर्को पटकको ओलम्पिकमा स्वर्ण पदक जित्ने लक्ष्य राखेको बताइन् ।
उक्त कार्यक्रममा उनीहरुलाई नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ तथा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं ४ कमिटिले पनि प्रमाण पत्रसहित सम्मान गरेका थिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
