चैत्र १२, २०८२ बिहीबार | २१:२०:०१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

खुला सिंगल्समा संयोग र इभानालाई स्वर्ण

इभाना थापामगर (बायाँ ) र संयोग कपाली ।

काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली र एभिएमकी इभाना थापामगरले प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा संयोग र महिलामा इभाना पहिलो भए ।

खोल्चा पुखु खेलकुद समितिद्वारा आयोजित प्रतियोगितामा संयोगले एभिएमका सुजन गडाललाई ७-११, ११-४, ११-८, १०-१२, ११-६ को सेटमा पराजित गरे ।

 इभानाले एभिएमकै वियंका राईलाई १०-१२, ११-८, १२-१०, ११-७ को सेटमा हराइन् ।

शंखमूलस्थित इलेभन स्टार क्लबमा प्रतियोगितामा जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि पुरुष भेट्रान सिंगल्सको ६० वर्षमाथिमा पूर्णशंकर श्रेष्ठ, ५० वर्षमाथिमा इखाछेंका राजेन्द्र वज्राचार्य र ४० वर्षमाथिमा काठमाडौंका उमेश मानन्धरले स्वर्ण पदक हात पारेका थिए  । वडा ११ को यु–१६ मा सोयम महर्जन पहिलो भए ।

खुला पुरुष/महिला सिंगल्सका शीर्ष तीनले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५०० रुपैयाँ प्राप्त गरे । बाँकी चार स्पर्धाको शीर्ष तीनले १० हजार,  ५ हजार र  २ हजार ५०० रुपैयाँ पाए ।

विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, मुख्य प्रायोजक वडा ११ का अध्यक्ष अरोजकुमार खड्गीलगायतले पुरस्कृत गरे । तीन दिने प्रतियोगितामा १५० खेलाडी सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो