माघ १८, २०८२ आइतबार | ११:२९:३७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

खुला सिंगल्समा संयोग र इभानालाई स्वर्ण

इभाना थापामगर (बायाँ ) र संयोग कपाली ।

काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली र एभिएमकी इभाना थापामगरले प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा संयोग र महिलामा इभाना पहिलो भए ।

खोल्चा पुखु खेलकुद समितिद्वारा आयोजित प्रतियोगितामा संयोगले एभिएमका सुजन गडाललाई ७-११, ११-४, ११-८, १०-१२, ११-६ को सेटमा पराजित गरे ।

 इभानाले एभिएमकै वियंका राईलाई १०-१२, ११-८, १२-१०, ११-७ को सेटमा हराइन् ।

शंखमूलस्थित इलेभन स्टार क्लबमा प्रतियोगितामा जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि पुरुष भेट्रान सिंगल्सको ६० वर्षमाथिमा पूर्णशंकर श्रेष्ठ, ५० वर्षमाथिमा इखाछेंका राजेन्द्र वज्राचार्य र ४० वर्षमाथिमा काठमाडौंका उमेश मानन्धरले स्वर्ण पदक हात पारेका थिए  । वडा ११ को यु–१६ मा सोयम महर्जन पहिलो भए ।

खुला पुरुष/महिला सिंगल्सका शीर्ष तीनले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५०० रुपैयाँ प्राप्त गरे । बाँकी चार स्पर्धाको शीर्ष तीनले १० हजार,  ५ हजार र  २ हजार ५०० रुपैयाँ पाए ।

विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, मुख्य प्रायोजक वडा ११ का अध्यक्ष अरोजकुमार खड्गीलगायतले पुरस्कृत गरे । तीन दिने प्रतियोगितामा १५० खेलाडी सहभागी थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।