काठमाडौं । नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको विश्व एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएको छन् । फुकुओकाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले राष्ट्रिय कीर्तिमान भएको जनाएका हुन् ।
नासिरले ४ सय मिटर फ्रिस्टायलमा ४ मिनेट ८.२३ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान कायम गरेका हुन् ।
यसअघि नासिरको नाममा ४ मिनेट १२.१७ सेकेन्डकाे कीर्तिमान थियो । नासिरले उक्त किर्तिमान असारमा आयोजना भएको ११औं एनएसए कप पौडी प्रतियोगितामा राखेका थिए ।
अव सोमबार नासिरले पुरुष २०० मिटर फ्रिस्टायल र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
पहिलो हाफको लय कायम राख्न नसक्दा टाई ब्रेकरमा पुग्नुपर्यो ।। फाइनलमा SHANKATA सँग गाह्रो हुन्छ
NRT COACH JEEVAN SINKEMAN: आज मोमेन्टम नै लिन सकेनौं ।। पेनाल्टी सुटआउट पनि दूर्भाग्यजनक भयो ।।
KHELADI TALKS WITH AJAY PHUYAL II BHOLANATH SILWAL II COACH, NEPAL POLICE CLUB WOMEN'S FOOTBALL TEAM
Private video
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC