काठमाडौं । नेपाल पौडी संघको आयोजनामा एनएसए कप पौडी प्रतियोगिताको १२औं संस्करण असोज १३ र १४ गते हुने भएको छ ।
प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा सञ्चालन हुने आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दियो ।
खुला महिला/ पुरुषसहित विभिन्न उमेर समूहका ७२ स्पर्धा समावेश गरिएको प्रतियोगितामा ३५० खेलाडीको सहभागिता रहनेछ ।
खुला तथा हरेक उमेर समूहका उत्कृष्ट एक-एक महिला/ पुरुष खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हालकाे राष्ट्रिय कीर्तिमानमा १ सेकेन्डभन्दा कम अन्तरकाे नयाँ कीर्तिमान भए ५ हजार, १ देखि ३ सेकेन्डसम्मका लागि १० हजार र ३ सेकेन्डभन्दा बढि भए २० हजार रुपैयाँ प्रदान गरिनेछ ।
यसैगरी संघले यही प्रतियोगितामार्फत ओलम्पिकमा सहभागी पौडीबाज सम्मान कार्यक्रमको सुरुआत गर्ने जानकारी दियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
