चैत्र १७, २०८२ मंगलबार | ०८:०९:५४
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

जयकुमारनाथ शाह मेमोरियल यु-१६ क्रिकेट सोमबारदेखि हुने

प्रतियोगताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं ।  जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तर स्कुल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण यही वैशाख २२ देखि २९ गतेसम्म हुने भएको छ । प्रतियोगिता काठमाडौं जिल्ला क्रिकट संघको आयोजनमा हुन लागेको हो ।

नेपाली क्रिकेटको विकासमा अतुलनीय योगदान दिएका नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा आयोजना गरिन लागिएको यो प्रतियोगिता गत वर्षदेखि सुरु भएको हो ।

प्रतियोगिता पहिलो दिन काठमाडौंको मुलपानी क्रिकेट मैदान (तल्लो र माथिल्लो) तथा त्रिवि क्रिकेट मैदानमा खेल हुनेछन् । यसैगरी दोस्रो दिनदेखि त्रिवि मैदान र मुलपानी (तल्लो)मा हुने आयोजकले जनाएको छ।

यो प्रतियोगितालाई एसिसी मेन्स यु-१६ ‍इस्ट जोन कप २०२५ छनोटको रूपमा लिइएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई काठमाडौं जिल्लाको टोलीमा समावेश गर्दै नेपालको राष्ट्रिय यु-१६ टोलीको छनोटका लागि अवसर दिइने आयोजकले जनाएको छ। 

समूह विभाजन



पहिलो संस्करणमा १६ विधालयले सहभागिता जनाएका थिए । यस पटक २१ विधालय सहभागी हुने भएका छन्। सहभागी विद्यालयलाई सात समूहमा विभाजन गरिएको छ।

हरेक समूहका विजेता र एक उत्कृष्ट दोस्रो टोली क्वार्टरफाइनलको यात्रा तय गर्नेछन् ।  

कुल २८ खेल हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट ब्याटर, बलर र  उदीयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो