चैत्र १६, २०८२ सोमबार | १०:५२:५०
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

इस्टपोल च्याम्पियन

काठमाडौं । इस्टपोल १३औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा सोमबार भएको फाइनलमा इस्टपोलले लिटिल एन्जल्सलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्यो ।

पेनाल्टी सुटआउटमा इस्टपोलका छेवाङ लामा, सुमित कार्की र रुजन तामाङले गोल गरे । लिटिल एन्जल्सका विज्ञानराज भण्डारी मात्र गोल गर्न सफल भए ।

निर्धारित समयमा दुवै टोलीकाट ११ गोल भएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो । लिटिल एन्जल्स २०७४, २०७५ र २०७६ सालको विजेता हो ।

प्रतियोगितामा लिटिल एन्जल्सका विज्ञानराज भण्डारी उत्कृष्ट फरवार्ड, चेल्सी वर्ल्ड स्कुलका सुवास तामाङ उत्कृष्ट रक्षक, लोयल्टीका उसुम थापा उत्कृष्ट मिडफिल्डर, इस्टपोलका विवस थिङ उत्कृष्ट गोलकिपर र सुदर्शन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए ।

प्रतियोगिताभर १४ गोल गरेका लिटिल एन्जल्सका आयुश थापा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा रहे । गेटवे एकेडेमीले अनुशासित टिमको ट्रफी हात पार्यो ।

विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, लोयल्टी विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीराम क्षेत्री, लोयल्टीका प्रिन्सिपल विरेन्द्र कुरुम्वाङ, लोयल्टी भाइस प्रिन्सिपल हरि दाहाललगायतले पुरस्कृत गरे ।

 चारदिने प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गरेको लोयल्टीका इसिए इन्चार्ज ग्याल्जेन शेर्पाले जानकारी दिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो