चैत्र ८, २०८२ आइतबार | १०:३३:५४
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

बाँके मेयर कप अन्तरविद्यालय फुटबल माघ २६ देखि हुने

सांकेतिक तस्विर ।

नेपाल गँन बाँके जिल्लास्तरीय मेयर कप अन्तरविद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता माघको २६ गते देखि हुने भएको छ ।

बाँके जिल्ला फुटबल संघले दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगितामा बाँके जिल्लाका करिब ५० विद्यालयको सहभागिता रहने अनुमान  छ ।  

संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा बसेको बैठकले अन्तर विद्यालय मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढाउने निर्णय गरेको छ ।

प्रतियोगितालाई सफल बनाउन संघको बैठकले विभिन्न उप–समितिको समेत गठन गरेको छ । संघले अनुशासन तथा अपिल उपसमितिको संयोजकमा अनिल केसी, प्राविधिक उप-समितिको संयोजकमा सानु तामाङ, आर्थिक उपसमितिको संयोजकमा श्यामसुन्दर मल्ल, स्वास्थ्य उप-समितिको संयोजकमा दिपेन्द्र घलेलाई जिम्मेवारी दिएको छ ।

 नेपालगञ्ज रंगशालामा हुने प्रतियोगिताबाट बाँके जिल्लाको पुरुष र महिला टिम छनोट गर्ने संघले तयारी गरेको छ ।

प्रतियोगिताबाट छानिएका खेलाडीलाई फागुन महिनामा नेपालगन्जमा हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्लाको टिमबाट सहभागि गराउने योजना रहेको अध्यक्ष शाहीले बताए ।

उनले भने, ‘मेयर कप फुटबल संघको महत्वपुर्ण प्रतियोगिता हो । हरेक वर्ष यसले विद्यालय स्तरबाट नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने गरेको छ । यस पटक यो प्रतियोगितालाई हामीले झन विशेष रुपमा लिएका छौं । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले नेपालगन्जमै हुने राष्ट्रिय स्तरको लुम्बिनी कप महिला फुटबलमा खेल्ने अवसर पाउनेछन् । प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रतियोगिता खेल्ने अवसर दिनेछौं ।’

यसैगरी प्रतियोगिताबाट छानिएका उत्कृष्ट पुरुष खेलाडीले पनि जिल्ला बाहिरको टिमसँग मैत्रीपुर्ण खेल खेल्नको लागि अवसर प्राप्त गर्ने शाहीले बताए ।

प्रतियोगिताको लागि टिमको तयारीलाई अगाडी बढाउने निर्णय भएको अध्यक्ष शाहीले बताए । बाँके जिल्ला फुटबल टिमको तयारी तथा व्यवस्थापन संयोजकको जिम्मेवारी दिर्घराज आचार्य९कौशल०, सदस्यको रुपमा नितु शाह चन्द र नागिन देवी श्रेष्ठलाई दिइएको छ ।

पछिल्लो समय बाँकेमा फुटबलको गतिविधि बढदै गएको बताउँदै शाहीले छिटै ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम, नेपालगन्ज गोल्ड कप फुटबल, संघको आफनै भवन निर्माण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाइरहेको बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो