चैत्र ८, २०८२ आइतबार | १६:०४:२८
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

द एक्सेल्सियर, रेडियन्ट पब्लिक र मर्स्याङ्दी क्वार्टरफाइनलमा

रेडियन्ट कप अन्तरविद्यालय बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । द एक्सेल्सियर स्कुल, आयोजक रेडियन्ट पब्लिक र मर्स्याङ्दी १०औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ शुक्रबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा एक्सेल्सियरले नवीन ज्योतिलाई १७-५ ले पराजित गर्यो । विजयी टिमका लागि अकिना घिमिरेले १० अंक जोडिन् ।

यसैगरी रेडियन्टले केभिएसलाई २४-१५ तथा मर्स्याङ्दीले राराहिललाई १४-१३ ले हराए । रेडियन्टकी दिब्यान्शा कार्कीले १६ तथा मर्स्याङ्दीकी उर्गेन सोमोले सात अंकको योगदान गरे ।  

यस्तै जुनियर ब्वाइजमा ग्रिनफिल्डले बौद्ध चिल्ड्रेन हेभनलाई १६-४ तथा कश्यपले हार्टल्यान्डलाई १२-२ ले निरास बनाउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरे । ग्रिनफिल्डका किस्मत ढकाल र कश्यपका एलेन लामाले समान आठ स्कोर गरे ।

सिनियर ब्वाइजमा संस्कृतिले श्रृजना ज्ञान सागरलाई ३६-१३, मेगसले युगान्तालाई ३६-२६ र एक्सेल्सियरले ओरेकल रेलाई ४४-२६ ले हराउँदै अन्तिम १६ को यात्रा तय गरे । संस्कृतिका अर्यान शर्माले ८, मेगसका सिमोन रम्जालीले २१ र एक्सेल्सियरका सोङमेन तामाङले १३ अंक जोडे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो